Techie IT
Saturday, January 16,2021 / शनिबार, माघ ३, २०७७
×
गृहपृष्ठसमाजसिन्धुपाल्चोकका ४ सय १८ जनाले कोरोना जिते

सिन्धुपाल्चोकका ४ सय १८ जनाले कोरोना जिते


चौतारा । मंगलबार थप १६ जनामा कोरोना संक्रमण देखिएसँगैं सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ७ सय ७० पुगेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या जिल्लामा निकै बढेको देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २ सय १० महिला र ५ सय ६० पुरुष गरी जिल्लाका ७ सय ७० जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबारसम्ममा कोरोना जितेर ४ सय १८ जना घर फर्केका छन् । सक्रिय केसहरु ३ सय ३७ छन् । जिल्लामा सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकामा देखिएका छन् । चौतारामा १ सय ६६ जना संक्रमित भेटिएका छन् । जिल्ला सदरमुकाम भएका कारण पनि चौतारामा संक्रमितको संख्या धेरै भएका हुन् । हालसम्म कोरोनाबाट जिल्लामा १५ जनाले ज्यान गुमाइसकेका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस