गृहपृष्ठ ∕ समाज ∕ मर्मत नहुँदा काभ्रे हुँदै मेलम्ची–हेलम्बु सडकमा जोखिम मर्मत नहुँदा काभ्रे हुँदै मेलम्ची–हेलम्बु सडकमा जोखिम Sindhu Khabar मंसीर ९, २०७७ गते १४:५० मा प्रकाशित मेलम्ची । काभ्रेबाट सिन्धुपाल्चोक जोडिने ४१ किलोमिटरको लामिडाँडा–मेलम्ची हेलम्बु सडक खण्डको विभिन्न ठाँउमा खाल्डाखुल्डी र हिलाम्मे हुँदा यात्रु र सडक आसपासका स्थानीयले सास्ती भोग्नुपरेको छ । काठमाण्डौ, काभ्रे, सिन्धुपाल्चोक र नुवाकोट बेतिनीका चार जिल्लाका यात्रुले प्रयोग गर्ने सडक बिग्रँदा बर्षौदेखि आवत जवातमा समस्या भोग्दै आएका छन् । यात्रुले सबैभन्दा बढी लामीडाँडा–मेलम्ची हेम्लबु सडक खण्डको ४१ किलोमिटर सडकमा सास्ती व्यहोर्नुपरेको छ। यो सडक खण्डको बाटोमा तीन फिटसम्मका खाडल बनेका छन् । सडकमा सवारीसाधन हिलोमा डुुबाउँदै गुुडाउनुुपर्छ भने सडक पेटीमा यात्रुु हिँड्न सक्ने अवस्थासम्म छैन । लामो समयदेखि सडक मर्मत हुन नसक्दा हिउँदमा धूूलो र वर्षामा हिलोको समस्या भोग्दै आएको मेलम्ची नगरपालिका फटकशिलाकी स्थानीय गौरी दंगाल बताउँछिन् । उनका अनुसार स्थानीयवासीले वर्षौँदेखि सम्बन्धित निकायसँग सडकका बारेमा आवाज उठाउँदै आए पनि सुनुवाइ हुनसकेको छैन । दैनिक लामो तथा छोटो दूरीका दर्जनौं साना–ठूला सवारी साधनको आवतजावत हुने गर्दछ । यो सडक कालोपत्र भएको लामो समय भए पनि आवश्यक मर्मतसम्भार हुनसकेको छैन । हालसम्म पनि मर्मतसम्भार नहुँदा जीर्ण सडकले यात्रुसमेत दिक्क मान्ने गरेको हेलम्बु यातायात सेवा समिति अन्तर्गतका चालक शम्भु श्रेष्ठ बताउँछन् । उनले सडक मर्मत नहुँदा जोखिम बढेको बताए । प्रत्येक आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा भौतिक पूर्वाधार तथा सडकमा विशेष रकम छुट्याउने गरिएको छ । आर्थिक वर्ष ०७६र०७७ मा यो सडक स्तरेन्नतिका लागि एक अर्ब रुपैयाँ खर्च गर्ने गरी छुट्याएको छ । तर, सडकको अवस्था जस्ताको तस्तै छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा पर्ने मुख्य राजमार्ग भनेकै हेलम्बु राजमार्ग हो । तर यो सडकको निर्माणबारे स्थानीय सरकारनै जानकार छैन्। आफ्नो नगरपालिका भित्र पर्ने राजमार्गको निमार्ण कस्ले गदैछ भन्नेबारे आफूलाई जानकारी नभएको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले बताइन् । आफ्नो पालिकाभित्र बन्ने सडकको अवस्थाबारे जनप्रतिनिधिनै वेखबर हुनुले स्थानीय तहमा विकासका गतिविधिले गति लिएको छ वा छैन् भन्ने कुरामै प्रश्न खडा भएको छ । सोही निर्वाचन क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिको यस्ता गैरजिम्मेवार तर्कप्रति स्थानियले नै गुनासो गरेका छन् । खाल्डा परेका सडकमा जोखिम मोल्दै गाडीहरु चल्छन् । कतिपय घुम्तीमा समेत खाल्डाखुल्डी हुँदा दुर्घटना हुनसक्ने पनि देखिन्छ् । पुर्वाधारमा लगानी प्रयाप्त गरी दुर्घटना हुनबाट बच्न सुरक्षित यात्राका लागि दिगोरुपमा सडक निर्माण तर्फ सरकारको ध्यान केन्द्रित हुन आवश्यक छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे