Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाजजलदेवी क्रसर विरुद्ध उत्रिए भीमटारका किसान

जलदेवी क्रसर विरुद्ध उत्रिए भीमटारका किसान


चौतारा । क्रसरले अनावश्यक रुपमा आफ्नो खेतीयोग्य जग्गा नै मासेर नदीजन्य सामग्री राखेपछि भीमटारका स्थानीय किसानहरु आन्दोलनमा उत्रेका छन् । इन्द्रावती गाँउपालिका–१२ मा सञ्चालित जलदेवी क्रसर उद्योगले स्थानीय किसानका खेतीयोग्य जग्गा नै मासिने गरी नदीजन्य पदार्थ थुपारेपछि किसानहरु आन्दोलित भएका हुन् ।

क्रसरले सिस्नेरी खोला नै थुनिने गरी नदीजन्य सामग्री राखेपछि खोला किसानको खेतमा हिड्ने गरेको छ । जसका कारण किसानका खेतीयोग्य जमिन बगरमा परिणत भएको स्थानीय किसानले बताएका छन् । पटक पटक क्रसर उद्योगीलाई समस्याबारे जानकारी गराउँदा समेत वेवास्ता गरेपछि किसानहरु आन्दोलनमा उत्रन बाध्य भएका हुन् ।

बिहानदेख आन्दोलनरत रहेपनि साँझ उद्योगका एक प्रतिनिधि आएर किसानका माग सम्बोधन हुने बताएपछि आजका लागि आन्दोलन स्थगित भएको छ । स्थानीय उद्धव अधिकारीका अनुसार अपरान्ह क्रसरका एकजना प्रतिनिधि आएर किसानको माग सम्बोधन गछौं भनेपछि आन्दोलन स्थगित भएको हो ।

माग सम्बेधन नभए पुन आन्दोलन जारी रहने किसानले बताएको अधिकारीले जानकारी दिए । जलदेवी क्रसर उद्योग काभ्रेपलाञ्चोक बनेपा–७ का पुष्पकाजी श्रेष्ठ सहित बनेपाकै प्रकाशचन्द्र जोशी र राजेन्द्र जोशीको नाममा छ ।  उद्योग २०७४ सालदेखि सञ्चालनमा रहेको छ । सिन्धुपाल्चोकका अधिकांश क्रसर मापदण्ड विपरित रहेका छन् । सडक छेउ रहेका क्रसरले वातावरणीय प्रभावको समेत खिल्ली उडाएका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस