Techie IT
Tuesday, April 13,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठसमाजपुर्णिमाबाट सुरु हुने गौरती मेला यसवर्ष नहुने, मन्दिर नआउन भक्तजनलाई आग्रह

पुर्णिमाबाट सुरु हुने गौरती मेला यसवर्ष नहुने, मन्दिर नआउन भक्तजनलाई आग्रह


चौतारा । यसवर्ष गौरती मेला नहुने भएको छ । कोरोना संक्रमणको त्रासका कारण गौरती मेला नहुने भएको हो । जिल्ला प्रशासन कार्यालयले गौरती मन्दिर व्यवस्थापन समितिलाई मेला नगर्न अनुरोध गरेपछि गौरती मेला नहुने भएको हो । मेलाका लागि जिल्लाभित्र र बाहिरका भक्तजनको भीड लाग्ने गर्दथ्र्यो ।

मेला नहुने भएपछि मन्दिरमा नआउन पनि समितिले भक्तजनहरुलाई आग्रह गरेको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट गौरती मेला लाग्ने गर्दछ । पूर्णिमामा सुरु भएर पञ्चमिमा सम्म गौरती मेला लाग्ने गर्दछ । धार्मिक रुपले मात्रै नभएर पर्यटकिय रुपमा पनि यो मेला प्रख्यात छ ।

चौताराको पुरानोबजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौराती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ । गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । गौराती भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजासमेत हुने प्रचलन रहेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस