आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठसमाजचौतारा-स्याउले सडक ढलानमा लापरवाही, गुणस्तर कायम गर्न मन्त्री दुलालले दिए निर्देशन

चौतारा-स्याउले सडक ढलानमा लापरवाही, गुणस्तर कायम गर्न मन्त्री दुलालले दिए निर्देशन


चौतारा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले चौतारा स्याउले सडक ढलानमा लापरवाही भएको आवाज उठेपछि अनुगमन गरेका छन् । सडक ढलानका क्रममा छारो माटोमा नै ढलान गरेपछि स्थानीयको व्यापक विरोध भएपछि मन्त्री दुलालले मंगलबार दारेगौढा पुगेर सडकको अनुगमन गरेका हुन् । चौतारा स्याउले सडकको उकालो दारेगौढामा ढलानका क्रममा निर्माण व्यवसायीहरुले छारो माटोमा नै ढलान गरेपछि स्थानीय युवाले सामाजिक सञ्जाल मार्फत विरोध गरेका थिए ।

स्थानीयको विरोध पछि सो सडकको अनुगमन गर्दै मन्त्री दुलालले डिजाइन अनुसारको गुणस्तरमा कुनै सम्झौता नहुने बताएका छन् । सञ्चाकर्मी, स्थानीय र जनप्रतिनिधिसहित पुगेका मन्त्री दुलालले विकास निर्माणको काममा गुणस्तरमा कुनै सम्झौता नहुने बताएका हुन् । कसले निर्माण गर्यो भन्ने कुरा बेग्लै हो जसले निर्माण गरेपनि विकास निर्माणको गुणस्तर डिजाइनमा उल्लेख भए अनुसार नै हुनुपर्ने उनको तर्क छ ।

स्थानीयले जनप्रतिनिधिकै मिलेमतोमा गुणस्तरहीन ढलान गरेको उल्लेख गरेको प्रति इगिंत गर्दै उनले भने, आफ्नो ठाउँमा भएको विकास निर्माणमा स्थानीय युवाको चासो हुनु राम्रो हो तर विकास मन्त्रीको पनि संलग्नता भएको भन्ने कुरा निराधार हो । उनले विकास निर्माणको बजेट माग्ने क्रममा निकै ठूलो लडाइ हुने हुँदा आयोजनाहरुको गुणस्तरमा ध्यान दिन पनि आयोजना प्रमुखलाई निर्देशन दिए ।

सडक अनुगमन गर्दै मन्त्री दुलालले कामको ल्याप टेष्ट गरी स्टीमेट अनुसार काम नभएको भए फेरि बनाउनु पर्ने र बाँकी सडक गुणस्तरीय गर्न निर्देशन दिएका छन् । चौतारा स्याउले सडकखण्डको उकालो दारेगौडामा पम्पले माटो हटाएर ढलान गर्नुपर्नेमा त्यतिकै गरिएको छ । त्यहाँ प्रयोग भएका रडहरु पनि खिया लागेको पाइएको छ ।

चौतारा स्याउले ६ किलोमिटर सडक यही मंसिर १६ गतेबाट पीच हुँदैछ । आयोजना प्रमुख मोहन चापागाईले स्थानीयले गुणस्तरका बारेमा उठाएका सवालमा कुनै सम्झौता नहुने बताएका छन् । उनले भने यही १६ गतेबाट यो सडक पीच हुँदैछ त्यसका लागि आयोजना कार्यालयबाट इन्जिनियरहरु यही रहन्छन् । एडीबीको २८ करोड लगानीमा यो सडक पीच हुन लागेको हो । सो सडकको ठेक्का वज्र गुरु कन्ट्रक्सनले पाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!