गृहपृष्ठ ∕ समाज ∕ स्कुल अफ डेमोक्रेसी सिन्धुपाल्चोक शाखाको उपाध्यक्षमा भट्टराई र सचिवमा श्रेष्ठ स्कुल अफ डेमोक्रेसी सिन्धुपाल्चोक शाखाको उपाध्यक्षमा भट्टराई र सचिवमा श्रेष्ठ सिन्धु खबर कात्तिक २९, २०७७ गते १३:४४ मा प्रकाशित चौतारा । स्कुल अफ डेमोक्रेसी सिन्धुपाल्चोक शाखाले कार्यसमिति विस्तार गरेको छ । सिन्धुपाल्चोक शाखाका अध्यक्ष भीम प्रसाद पौडेलले आज लक्ष्मीपूजाको दिन जिल्ला शाखा विस्तार गरेका हुन् । उनले आज विस्तार गरेको जिल्ला कार्यसमितको उपाध्क्षमा नवराज भट्टराई र सचिवमा मोहन कुमार श्रेष्ठ रहेका छन् । सचिव भट्टराई साविकको २ नम्बर क्षेत्रका काँग्रेस उपसभापति हुन् । उनी जिल्ला खेलकुद विकास समितिको उपाध्यक्ष समेत छन् । त्यस्तै सदस्यहरुमा सोनोर्बु शेर्पा, मिठु लामा, लक्ष्मी चालिसे, सनत अधिकारी, आशिष खड्का, भक्त बहादुर लामा, तेज बहादुर बस्नेत, गणेश कटुवाल, राजकुमार भण्डारी, सर्मिता घिमिरे खड्का, शम्भु चौलागाई, भरत कार्की र कुमार शाही छन् । अध्यक्ष भीम पौडेलको नियुक्ति भने केन्द्रबाटै केही महिना अघि गरिएको थियो । अध्यक्ष पौडेलले जिल्लाका सबै भेगका लोकतन्त्रमा विश्वास राख्नेहरुलाई समेटेर कमार्यसमिति विस्तार गरेको बताए । स्कुल अफ डेमोक्रेसी संवैधानिक अधिकारलाई सुनिश्चित गर्दै संविधानलाई कार्यान्वयन गरी लोकतान्त्रिकरणको प्रक्रियामा योगदान दिने संस्था हो । यसले मानिसका दैनिक जनजीविकाका सवालमा कुरा उठाउँदै आएको छ । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्राधिकरणको अर्काे सूचना: चौतारा, बाह्रविसे र खाडीचौर क्षेत्रमा बत्ती नजाने यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ वडा सचिवको निधन पछि जुगलमा सार्वजनिक बिदा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै