गृहपृष्ठ ∕ समाज ∕ सिन्धुपाल्चोकका नरेशलाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यका उम्मेदवार सिन्धुपाल्चोकका नरेशलाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यका उम्मेदवार सिन्धु खबर कात्तिक २८, २०७७ गते १५:४३ मा प्रकाशित काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४औं अधिबेशनमा सिन्धुपाल्चोकका नरेशलाल श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ११,१२ र १३ मा हुन गईरहेको अधिबेशनमा श्रेष्ठले बस्तुगततर्फ केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् । उद्योग ब्यवसायको स्तर बृद्धिका साथै यसको गरीमा उँचो बनाउन आफ्नो उम्मेद्वारी रहेको श्रेष्ठले प्रतिकृया दिए । बिशेषगरी बस्तुगत तर्फको समस्या समाधानमा केन्द्रीत हुने श्रेष्ठको योजना छ । बिभिन्न सामाजिक संघसंस्थामा पनि कृयाशिल रहेका श्रेष्ठ ब्यापार ब्यवसायका अलवा सामाजिक काममा पनि सकृय छन् । बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहमा आवद्ध भएर उम्मेदवारी दर्ता गराएका श्रेष्ठलाई धेरै उद्योगी ब्यवसायीले उम्मेदवारीका लागि हौसला दिएका छन् । बिगत २७ बर्षदखि आयात निर्यात ब्यवसायमा संलग्न श्रेष्ठ होटल तथा हाईड्रो ब्यवसायमा पनि संलग्न छन् । नेपालमा आयात भन्दा धेरै निर्यात भईरहेको अवस्थामा निर्यात बृद्धि गर्ने योजना बनाउन पनि उम्मेदवारी दर्ता गराएको श्रेष्ठको भनाई छ । नीजि क्षेत्रको उत्थाननै आफ्नो प्रमुख लक्ष्य रहेको कारण महासंघको केन्द्रीय सदस्य बन्न लागेको श्रेष्ठको भनाई छ । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे