Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठसमाजप्रशासनको सेवा प्रवाह स्थानीय तहअनुसार आलोपालो (कुन स्थानीय तहको कहिले?)

प्रशासनको सेवा प्रवाह स्थानीय तहअनुसार आलोपालो (कुन स्थानीय तहको कहिले?)


चौतारा ।

कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा प्रवाह आलोपालो गर्ने भएको छ । जिल्लामा रहेका स्थानीय तहहरुलाई बार अनुसार आलोपालो गरेर प्रशासन कार्यालयले आलोपालो सेवा प्रवाह गर्न लागेको हो ।

प्रशासन कार्यालयका अनुसार सोमबारबाट यस्तो सेवा दिइनेछ । चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाउँपालिकाका लागि आइतबार,बलेफी गाउँपालिका र मेलम्ची नगरपालिकाका लागि सोमबार, बाह्रविसे नगरपालिका र हेलम्बु गाउँपालिकाका लागि मंगलबार सेवा दिइने छ ।

त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिका र लिसंखुपाखर गाउँपालिकावासीका लागि बुधबार, भोटेकोशी र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका लागि बिहीबार, इन्द्रावती र सुनकोशी गाउँपालिकाका लागि शुक्रबार सेवा दिइने प्रशासन कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार