Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठसमाजतिहारसम्मका लागि मालपोतका सबै सेवा बन्द

तिहारसम्मका लागि मालपोतका सबै सेवा बन्द


चौतारा ।
जिल्ला मालपोत कार्यालय सिन्धुपाल्चोकका प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालयका सबै सेवा प्रवाह आजदेखि बन्द गरिएको छ । शुक्रवार काठमाडौ गएका प्रमुख चण्डीप्रसाद कोइरालालाई परीक्षणका क्रममा कोरोना देखिएपछि आजैदेखि लागू हुने गरी तिहार पर्व अघिसम्मका लागि सम्पूर्ण सेवा प्रवाह बन्द गरिएको मालपोत कार्यालयले जनाएको छ ।
मालपोतमा राजधानी काठमाडौबाट समेत काम लिएर आउने सेवाग्राहीको भिड हुने भएकाले कोराना संक्रमणको जोखिम बढि थियो । त्यस्तै जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद गौतमलाई पनि कोरोना संक्रमण भएको छ । गौतमलाई काठमाडौ गएकै वेला कोरोना भएकाले अहिले घरमै होम आइसोलेशनमा छन् । जिल्ला निर्वाचन कार्यालय भने खुला नै रहेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस