गृहपृष्ठ ∕ समाज ∕ बलात्कारविरुद्ध ‘अझै कति सहने’ भन्दै मेलम्चीमा प्रदर्शन (फोटोफिचर) बलात्कारविरुद्ध ‘अझै कति सहने’ भन्दै मेलम्चीमा प्रदर्शन (फोटोफिचर) सिन्धु खबर कात्तिक २२, २०७७ गते १८:३१ मा प्रकाशित मेलम्ची । मेलम्चीमा अझै कति सहने समूहले बलात्कारविरुद्ध प्रदर्शन गरेका छन् । समूहले बलात्कारविरुद्ध अझै कति सहने भन्दै मेलम्ची बजारमा प्रदर्शन गरेका हुन् । आज अपरान्ह ३ बजे मेलम्ची बजारमा युवायुवतीले कालो लुगा लगाएर आँखामा कालो पट्टि बाँधेर बलात्कार विरुद्ध प्रदर्शन गरेको प्रदर्शनमा सहभागि करिना पुरीले बताइन् । प्रदर्शनकारीले बलात्कारविरुद्ध बोल लगायत कार्ड बोकेर प्रदर्शन गरेका थिए । आज देशभर यो समूहले बलात्कार विरुद्ध प्रदर्शन गरेको छ । यो समूहले कानुन परिवर्तनको सातवटा माग राखेको छ । जबरजस्ती करणीमा हदम्याद नलाग्ने व्यवस्था, जबर्जस्ती करणी कसुर भए कम सजाय तोक्न नमिल्ने व्यवस्था, राष्ट्रपतिद्धारा यस कसुरमा माफी, मुल्तवी, कम सजाय दिन नमिल्ने व्यवस्था गर्ने, कम सजाय हटाई १८ वर्ष मुनिकालाई जन्मकैद र १८ वर्ष माथिकालाई आजीवन कारावास, करणी सम्बन्धी कानुनमा महिला शब्द हटाइ व्यक्ति र बालिका शब्द हटाइ बालबालिका शब्द राख्ने, अदालती प्रक्रिया सुरु नभए सम्म राष्ट्रिय महिला आयोग र मानव अधिकार आयोगका १/१ प्रतिनिधि हरबखत रहन सक्ने गरी कानुनी व्यवस्था मिलाउने, कुनै प्रमाण नष्ट गरेमा वा लापरवाही गरेमा दण्डको व्यवस्था गर्ने । पछिललो समय बलात्कारका घटना हुने र दोषीले सजाय नपाउने अवस्था सिर्जना भएपछि यो समूह सक्रिय रहेको छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे