गृहपृष्ठ ∕ समाज ∕ मेलम्ची स्वास्थ्य केन्द्रबाट सबै सेवा सूचारू मेलम्ची स्वास्थ्य केन्द्रबाट सबै सेवा सूचारू Sindhu Khabar कात्तिक १७, २०७७ गते १२:२९ मा प्रकाशित मेलम्ची । मेलम्ची प्राथमिक स्वास्थ केन्द्रमा कार्यरत कर्मचारीहरु कोरोना मुक्त भएसँगै केन्द्रले सबै सेवा संचालन ल्याएको छ। स्वास्थ केन्द्रका कर्मचारी कोरोना भाइरस संक्रमित भएपछि आकस्मिक सेवा बाहेक बन्द रहेको सबै सेवाहरु हाल सुचारू गरिएको हो । कोरोना भाइरस पोजेटिभ देखिएका सबैको रिपोर्ट नेगेटिभ आइ सकेको बताउदै केन्द्रका प्रमुख डाक्टर बिनोद केसी केन्द्रबाट उपलब्ध सेवासुबिधा सुचारू गरिएको जानकारी दिनु भयो।आँखा केन्द्रका एक, स्वास्थ केन्द्रका दुई र एम्बुलेन्स चालकसमेत चार जना कोरोना संक्रमित भएका थिए। कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण देखिदा पनि आफुहरुले स्वास्थ मापदण्ड अपनाएर आकस्मिक सेवालाई निरन्तरता दिएको बताउँदै डाक्टर केसीले अब झन सबै कोरोनामुक्त भएका छौं,निर्धक्क भएर स्वास्थ सेवा लिन आउन आग्रह गर्नुभयो । केन्द्रका कर्मचारी कोरोना संक्रमित भएपछि पहिलाको भन्दा ह्वात्तै सेवा लिने बिरामीको चाप घटेकोमा चिन्ता व्यक्त गर्दै उहाँले स्वस्थ्य केन्द्रका कर्मचारीलाई कोरोना छ भने त्रासमा बिरामीहरु आउन डराउनु भएको भए अब त्यसको समस्या नरहेकोले सेवा लिन आउन आग्रह गर्नुभएको छ । डाक्टर केसीले दीर्घ रोगी,सुत्केरी सेवा लगायत सम्पुर्ण स्वास्थ सेवा संचालनमा रहेको बताउँदै सेवा लिन आउँदा सरकारले तोकेको मापदण्ड अपनाउन समेत अनुरोध गर्नु भएको छ। उहाँले सेवाग्राहीलाई माक्स लगाएर आउन आग्रह गर्दै स्वास्थ केन्द्र परिसरमा साबुनपानी र सेनिटाइजरको व्यवस्था रहेको जानकारी दिनुभयो । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्राधिकरणको अर्काे सूचना: चौतारा, बाह्रविसे र खाडीचौर क्षेत्रमा बत्ती नजाने यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ वडा सचिवको निधन पछि जुगलमा सार्वजनिक बिदा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै