सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठसमाजआइतबारबाट प्रशासन कार्यालयबाट हुने सबै सेवा सूचारु

आइतबारबाट प्रशासन कार्यालयबाट हुने सबै सेवा सूचारु


चौतारा ।
आउँदो आइतबार (१६ कात्तिक) बाट जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आफ्नो कार्यालयबाट हुने सबै सेवा पुनः सूचारु गर्ने भएको छ । कोभिड १९ का कारण कार्यालयले यसअघि अत्यावश्यकबाहेक अन्य सेवा सुविधा बन्द गराएको थियो ।
आज एक सूचना जारी गर्दै सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै आइतबारबाट कार्यालयबाट हुने सबै सेवाप्रवाह सूचारु हुने जनाइएको छ ।
सेवा लिन आउँदा सेवाग्राहीले स्वास्थ्य सुरक्षाको मापदण्ड भने पालना गनुपर्ने नियम अनिवार्य गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

 


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!