Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाजस्वाब हराएपछि संक्रमित अाईसाेलेसनमै बस्न बाध्य

स्वाब हराएपछि संक्रमित अाईसाेलेसनमै बस्न बाध्य


पिसिआर परिक्षण गरेको स्वाब हराएपछी काेराेना सङ्क्रमित आइसोलेशनमै बस्न बाध्य भएका छन् । स्वाब संकलन गरेको ५ दिन बितिसक्दा पनि रिपोर्ट नआएपछि संक्रमित आफैले मन्त्रालयमा बुझेका थिए । मन्त्रालयबाट ५ गतेकै रिपोर्ट आइसकेको ३ गतेको बाकी नै छैन भनेपछि संक्रमितमा अन्योलता छाएको थियो । मेलम्ची नगरपालिकाको बाहुनेपाटी आइसोलेसनमा रहेका ४ जनाको स्वाब गत ३ गते परिक्षणका लागि काठमाडौ पठाइएको उपमेयर भगवती नेपालले स्वीकारिन् । स्वाब संकलन गरि एम्बुलेन्स मार्फत काठमाडौ पठाएपनी प्रयोगसालामा दर्ता नहुनु दुख भएको भन्दै उपमेयर नेपालले संक्रमितको स्वास्थमा प्रयोगसालाले खेलवाड गर्न खोजेको भन्दै आपत्ति समेत जनाईन् । ३४ दिन देखि कोरोना संक्रमण भएर आइसोलेसन बसेकाहरुलाइ पठाएको स्वाब हराउनुभनेको मानशिक तनाव भएको एकजना संक्रमितले बताए । संक्रमितहरु अहिले जिम्मेवार निकायको लापरबाहीको कारण आज यस्तो दिन आएको बताउछन् । “संक्रमित आफैले त आफ्नो रिपोर्ट किन ढिला भयो भनेर स्वास्थ मन्त्रालय ,प्रयोगसालामा बुझन सक्छन् भने नगरपालिकाको स्वास्थ साखाका कर्मचारी अनि जिल्ला स्वास्थ कार्यालय सिन्धुपाल्चोकका कर्मचारीले किन सक्दैन भन्दै एकजना संक्रमितले आक्रोश ब्यक्त गरे । अहिले स्वाब संक्रमितहरुको पुन स्वाब सङ्कलन गरि परिक्षणका लागि पठाइएको छ । मेलम्ची नगरपालिकाको स्वास्थ शाखा प्रमुख भोजराज खनालले आफू छुटिमा घरमा रहेको बताउदै यो विषयमा आफुलाइ कुनै जानकारी नभएको बताए । यो विषयमा अहिले सम्म पनि कसैले आधिकारिक जवाफ दिन सकेका छैनन् । उस्ले उस्लाइ दोसारोपण गर्दै पन्छिरहेका छन् । जिल्ला स्वास्थ कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले स्वाब हराउनु अनाैठाे भएकाे बताए ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस