Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाजविकट गाउँ गाेल्चेमा पनि अब ईन्टरनेट सेवा

विकट गाउँ गाेल्चेमा पनि अब ईन्टरनेट सेवा


चाैतारा । सिन्धुपाल्चाेककाे कर्णाली भनेर चिनिईने जुगल गाउँपालिकास्थित गाेल्चेवासी पनि अब ईन्टरेनट सेवाकाे पहुँचमा पुग्ने भएका छन् । ईन्टरनेट प्रदायक संस्था वल्ड लिंकले गाेल्चेमा ईन्टरनेट पुर्याउन लागेकाे हाे ।
सेवा बिस्तारका लागि अन्तिम चरणमा पुगेकाे छ । जुगल २ गोल्चे लगायत आसपासका गाउँ हरुमा पनि अबदेखि ताररहित वर्डलिङ को इन्टरनेट सुविधा दिन लागिएकाे वल्ड लिंक सिन्धुपाल्चाेकका विक्रेता सेवा कम्प्युटर सेन्टरका प्राेपाईटर प्रभात श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सेलाङ र गाेल्चेमा टावर निर्माण गरि चाैताराबाट लिंक जाडेर गाेल्चेमा ईन्टरनेट सेवा विस्तार गरिन लागिएकाे हाे । ईन्टरनेटका लागि डिभाईस जाेड्न मात्रै बाँकी छ ।
अहिले कोभिड १९ का कारण पर्याप्त मात्रमा सबै लाई पुग्ने गरि रौटर नभएकोले सेवा सबै को मा पुगेको छैन । गाेल्चेका स्थानीय युवाकाे पहलमा ईन्टरनेट विस्तार गरिन लागिएकाे हाे । पहिलाेचरणमा ५० परिवारले ईन्टरनेट चलाउन सक्नेछन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस