Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाजस्वास्थ्य चौकी र वडा कार्यालयलाई नेविसंघ महामन्त्रीले बाढे सोलार बती र मास्क

स्वास्थ्य चौकी र वडा कार्यालयलाई नेविसंघ महामन्त्रीले बाढे सोलार बती र मास्क


बाह्रबिसे । नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ स्थित धुस्कुन स्वास्थ्य चौकीमा सोलार बत्ति, मास्क, सेनेटाइजरलगायतका अत्यावश्यक सामग्रीहरु बितरण गरेका छन्। त्यसैगरी वडा कार्यालयको प्रयोजनका निम्ति जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं ३ का अध्यक्ष श्री कैलास पौडेल लाइ सोलार बत्ति, मास्क,सेनेटाइजर लगायत सामग्रीहरु महामन्त्री तिमल्सिनाले हस्तान्तरण गरेका छन् ।

कोरोना भाईरसको महामारी,विभिन्न समयमा आएको बाढि पहिरो लगाएत बिपत्ति र जिल्लाले बहोर्नु परेको पीडामा मल्हम लगाउन तिमल्सिनाको नेतृत्वको टोली संगै जिल्ला पार्टी तथा भातृ एबं सुभेक्षुक संस्थाका नेताहरू सम्मीलित टोली जिल्लामा निरन्तर क्रियाशिल छ । बिस्थापित हरुको राहत,उद्वार र पुनर्स्थापनामा जिल्लाामा अग्रणी भुमिकामा रहेका नेबिसंघ महामन्त्री तथा नेपाली कॉंग्रेसका नेता तिमल्सिनाले अहिले खाद्यान्न, सोलार बत्ति र मास्क, सर्जिकल मास्क, सेनेटाइजर, ग्लोब्स लगायत स्वास्थ्य साबधानिका सामाग्री बितरण अभियान संचालनमा रहेको जानकारी गराए ।

यसैक्रममा केही समय पहिले इलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकमा कार्यरत प्रहरी हरुको निम्ति त्यहॉंका कार्यलय प्रमुख प्रहरी निरीक्षक देवेन्द्र शाह संगै बाह्रबिसे नगरपालिका वडा नं ७ स्थित घुम्थाङ उपस्वास्थ चौकीको प्रयोजनका निम्ति पुर्ब गाबिस अध्यक्ष धर्म श्रेष्ठ, नेपाली काङ्ग्रेसका वडा इकाई सभापति कृष्ण बा।श्रेष्ठ र वडा सदस्य वीर बहादुर (बलराम) थापा मार्फत स्यानिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क, सोलार बत्ती लगाएत सामाग्री प्रदान गरीएको थियो । महामारीको संत्रास र जोखिम बढिरहेको र सरकार झन असंबेदनशिल बनिरहेको बर्तमान अबस्थामा थप दायित्वबोधका साथ यो अभियान निरन्तर जारी रहने महामन्त्री तिमल्सिनाले बताए ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस