Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाजदशैमा जिल्ला नछाड्न सिडियो र एसपीलाई गृहको निर्देशन

दशैमा जिल्ला नछाड्न सिडियो र एसपीलाई गृहको निर्देशन


काठमाडौं । सरकारले दसैंको समयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले जिल्ला नछोड्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सोमबार नै उनीहरुलाई जिल्ला नछोड्न पत्राचार गरेको हो ।

नजिकिँदै गरेको दसैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा कोरोना संक्रमण थप बढ्नसक्ने भन्दै जोखिम नियन्त्रणका लागि समन्वयात्मक उपायहरू अवलम्बन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी लगायतका आपराधिक गतिविधि हुन नदिइ भरपर्दो सुरक्षा व्यवस्था मिलाउन मातहतका निकायलाई गृहले निर्देशन दिएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस