Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठसमाजचौतारा भलायोखर्कका डम्बर कुमारीलाई मार्ने तीन जना पक्राउ

चौतारा भलायोखर्कका डम्बर कुमारीलाई मार्ने तीन जना पक्राउ


चौतारा । प्रहरीले ज्यान मारेको अभियोगम तीन जनालार्य पक्राउ गरेको छ । चौतारा साँगाचोकगढी ३ भलायोखर्ककी ६७ वर्षीय डम्बर कुमारी कटुवाललाई मारेको अभियोगमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकास सापकोटाले जानकारी दिए ।

प्रहरीले ललितपुर महानगरपालिका ८ बालकुमारी बस्ने १९ वर्षीय ज्यास्मिन ब्यञ्जनकार, १९ वर्षीय शितल महर्जन र धादिङ थाक्रे गाँउपालिका १० केवलपुर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका ८ बालकुमारीबाट भित्र जाने भोल ढोकामा कोठा लिई बस्ने वर्ष १९ को सौरभ क्षेत्रीलाई पक्राउ गरेको हो ।

कटुवालको शव असोज २६ गते उनकै निवासमा दुर्गन्धित अवस्थामा फेला परेको थियो । उनको के कारण हत्या भएको त्यसबारे अनुसन्धान बाँकी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस