Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठसमाजसिन्धुुपाल्चाेक प्रशासन कार्यालयका सेवा फेरि बन्द

सिन्धुुपाल्चाेक प्रशासन कार्यालयका सेवा फेरि बन्द


चाैतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट दिने अत्यावश्यक सेवा फेरि बन्द गरिएकाे छ । असाेज २० बाट बन्द गरिएकाे सेवा २८ गते खुलाईएपनि तीन दिनपछि फेरि सेवा बन्द गरिएकाे हाे । २८ गतेबाट सूचारू सेवा अाजसम्म चालू गरिएकाे छ ।
जिल्ला प्रशासन कार्यालयले अाज जारी गरेकाे सूचनामा अाउँदाे २ गतेबाट सेवा बन्द गरेकाे उल्लेख छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएकाे र अन्य कर्मचारीलाई लक्षण देखेकै कारण क्वारेन्टाईनमा बस्नु परेकाले सेवा बन्द गरिएकाे प्रशासनले जनाएकाे हाे ।
शान्ति सुरक्षा र मुद्दालगायतका काम भने हुने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस