Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठसमाजसमाचार संकलनमा गएका पत्रकार माथि र्दुव्यवहार, प्रेस युनियनको आपति

समाचार संकलनमा गएका पत्रकार माथि र्दुव्यवहार, प्रेस युनियनको आपति


चौतारा । समाचार संकलनमा गएका पत्रकार माथि र्दुव्यवहार भएको छ । मंगलबार समाचार संकलनका लागि भोटेकोशी गाउँपालिका वडा ४ फुल्पिङकट्टी सिल्डुङमा निर्माणाधिन् माथिल्लो चाकु ‘ए’ जलविद्युतक्षेत्र लुकसिंङ गाउमा पुगेका सञ्चारकर्मी माथि अराजक युवाको समुहले र्दुव्यवहार गरेको हो ।

आयोजनाबाट मुआब्जा र प्रतिबद्धता पुरा नभएको जनगुनासोपछि फुल्पिङकट्टीस्थित लुकसिङ गाउँमा स्थलगत रिपोर्टिङमा पुगेका गोरखापत्रकर्मी चित्र मिजार, कान्तिपुरकर्मी अनिश तिवारी र एपी वानकर्मी निरोज चौलागाई माथि युवाको समुहले हातपातको प्रयास गरेको पत्रकार तिवारीले जानकारी दिए । स्थानीयसँग कुराकानी गर्दै थियौ तिवारीले भने, एक्कासी एक युवाको समुहले ‘यहाँ सबैको अगाडी आउनुस’ भन्दै हकारे ।

भोटेकोसी गापा ४ वडा कार्यालयअघि समुहमध्येका फुर्पा शेर्पा ‘काल्जेन’ , साङ्गा शेर्पा,नासाङ शेर्पा भन्ने तीन युवाले ‘आयोजनाविरुद्ध बोल्ने रिपोर्टिङ गर्ने’ भन्दै संञ्चारकर्मी सवार बोलेरो (बा २० च ७२८० ) माथि तोडफोड प्रयास समेत गरेका थिए । ती युवाको समुहले सडक नै अवरुद्ध गरी पत्रकारहरुलाई दुई घण्टासम्म धम्क्याएका थिए ।

युवाको समूहबाट उम्केर मिजार वडाकार्यालयमा गई हारगुहार गरेपछि वडाध्यक्ष साङदोर्जे शेर्पाले युवाहलाई छाडिदेओ भनेका थिए । दुइ घण्टा जति पत्रकारमाथि र्दुव्यवहार हुँदा वडाध्यक्ष हेरेर बसेको पीडित पत्रकारले बताए । आयोजनाले स्थानीयको जग्गाको मुआब्जा र प्रतिबद्धता पुरा नगरेपछि स्थगलत रिपोर्टिङमा पुगेको खबर पाएलगत्तै युवा समुह योजनाबद्ध ढंगले गाउँमा पुगेका थिए ।

०६७ मा प्राधिकरणसँग विधुत खरिद सम्झौता (पिपिए) गरिएको माथिल्लो चाकु ‘ए’ आयोजनाले सडक लैजादा दिने भनिएको मुआब्जास्वरुप एक रोपनीको २० लाख बराबरको शेयर र अन्य प्रतिबद्धता अझै पुरा गरेको छैन् ।

आयोजनाले जथाभावी सडक खन्दा एकसय १७ परिवारको लुकसिङ,हिन्दी,डोलेखर्क,कर्मसिंह,बर्मसिह गाउँ तलबाट क्रमश भास्सिँदै गएर जोखिममा परेको छ । जसमा थामी गाउँ र विक टोलको बस्तीमाथि नै पहिरोले घर बगाएपछि १७ घरका विस्थापीत परिवार अन्यत्र छाप्रो हालेर बसिरहेका छन् ।

यसैबीच पत्रकारमाथि भएको र्दुव्यवहारको आपति जनाउँदै प्रेस युनियन शाखा सिन्धुपाल्चोकले विज्ञप्ति निकालेको छ । अध्यक्ष दुर्गा आचार्यद्धारा जारी विज्ञप्तिमा पत्रकारहरु माथि र्दुव्यवहार गर्नेलाई खोजी आवश्यकता अनुसार कडा कारवाही गर्न प्रशासनसमक्ष माग गरिएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस