Techie IT
Tuesday, October 20,2020 / मंगलबार, कात्तिक ४, २०७७
×
गृहपृष्ठसमाजसीमा सुरक्षाको लागि तातोपानीमा ‘बिओपी’

सीमा सुरक्षाको लागि तातोपानीमा ‘बिओपी’


सिन्धुपाल्चोक । चीन जोड्ने उत्तरी नाका सीमावर्ती क्षेत्र तातोपानीमा बुधवारबाट सशस्त्र प्रहरी बल नेपाल तातोपानी ‘बिओपी’ राखिएको छ । असार २९ को मन्त्रीपरिषदको निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठको आतिथ्यमा भोटेकोसी गाउँपालिका वडा २ तातोपानीमा ‘बोर्डर आउट पोष्ट ’स्थापना गरिएको हो ।

बिओपीको लागि तत्कालिन सीमास्थित सशस्त्र प्रहरी बल नेपाल न २२ गुल्म हेडक्वाटर (राजश्वभन्सार गस्ती सुरक्षा) को एक सेटटाईप ब्यारेक, शौचालय,भवन प्रयोगमा ल्याइएको छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय छेउमा राखिएको बिओपीले सीमा सुरक्षामा गस्ती गर्नेछ ।

बुधवार महानिरीक्षक श्रेष्ठसँगै सशस्त्र प्रहरी उपरिक्षक अर्जुन खत्री, नेपाली सेना झिर्पू सुरक्षा गुल्मपति सेनानी ईश्वर गिरी, सीमा प्रहरी चौकी कोदारी प्रहरी निरीक्षक नवराज सापकोटासहित अन्य थिए । सशस्त्र प्रहरी तातोपानी ‘बिओपी’ पति सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठकाअनुसार सीमासुरक्षासम्बन्धी महत्वपूर्ण जिम्मेवारी पाएको बिओपीले दैवी प्रकोप उद्धारकार्य, सीमा सुरक्षालगायतका विषयमा अहोरात्र खट्नेछ ।

‘सीमानामा हुनसक्ने सम्पूर्ण अपराधिक क्रियालपलाई सचेत भएर नियन्त्रण गर्नेछौ,खटिरहनेछौ, ’उनले भने । बिओपी स्थापनामा आएका जनप्रतिनिधि र तातोपानी सुख्खा बन्दरगाह भन्सारका प्रतिनिधिले सीमास्थित सशस्त्र प्रहरीको कामप्रति इमान्दारिता भएको भन्दै हौस्याएका थिए ।

नेपाल सरकार मन्त्री परिषदको निर्णयले सशस्त्र प्रहरी बलको ७५ जनाको स्थायी दरबन्दी  कायम गरेर गएको ०७० साउन साउन ४ गते सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म तातोपानीको स्थापना भएको थियो । सशस्त्र प्रहरी बल संगठन तथा सर्वेक्षण ०७५ मा आधारित संगठन पुनः संरचनाअनुसार सशस्त्र प्रहरी बल ,नेपाल न २२ गुल्म हेडक्वाटर सिन्धुपाल्चोक नामकरण गरी ७५ जनाको नफ्रीबाट एकसय ६० जनाको नफ्रीमा स्तरबृद्धी गरिएको थियो ।

 

 

 


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस