गृहपृष्ठ ∕ समाज ∕ दुर्घटना न्यूनिकरण गर्न प्रहरी ‘यात्रु सहायता कक्ष’ दुर्घटना न्यूनिकरण गर्न प्रहरी ‘यात्रु सहायता कक्ष’ सिन्धु खबर असोज २८, २०७७ गते १८:५२ मा प्रकाशित सिन्धुपाल्चोक । बढ्दो सवारी दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष राख्दै विशेष सचेता अभियान थालेको छ । मंगलबार अरनिको राजमार्गस्थित खाडीचौर बजारमा ट्राफिकसहित सुरक्षाकर्मीले दुर्घटना हुने कारणबारे उल्लेख गर्दै चालक र स्थानीयलाई सुझाव दिए । जिल्ला प्रहरी उपरिक्षक राजन अधिकारीको प्रमुख आतिथ्यमा बलेफी र सुनकोसी गाउँपालिकाका प्रमुखसहित अन्य जनप्रतिनिधि सामेल थिए । आहिलेसम्म जिल्ला ट्राफिक कार्यालयले अरनिको राजमार्गक्षेत्रको मेलम्ची, बाह्रबिसे,चौतारा र बन्देउमा बिशेष यात्रु सहायता कक्ष राखिसकेको छ । सडक डिभिजन कार्यालयका इन्जिनियर, स्थानीय युवा क्लब, बुद्धिजिवीसहितको उपस्थितीमा निश्चित दुरी कायम गरेर सचेतना कार्यक्रम सकिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरिक्षक उमेशप्रसाद थपलियाले जानकारी दिए । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरणको लागि जनचेतनामुलक कार्यक्रमसहित यात्रु सहायता कक्षदेखि दुईसय २५ पर्चा पप्लेट वितरण गरेको थियो । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे