Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाजबैकिङ मुद्दाका फरार पाँचपोखरीका राज सिलवाल पक्राउ

बैकिङ मुद्दाका फरार पाँचपोखरीका राज सिलवाल पक्राउ


चौतारा । बैकिङ मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले शनिबार पाँचपोखरी थाङपाल गाउँपालिका ७ घर भई हाल काठमाण्डौ गोकर्णेस्वर ७ शिवचोक बस्ने ३१ वर्षीय राज सिलवाललाई पक्राउ गरेको हो ।

२०७६ असोज ४ गते उच्च अदालत पाटनले बैकिङ मुद्दामा उनलाई ५ लाख जरीवाना गरेको थियो । दुई वर्षदेखि लुकीछिपी बस्दै आएका सिलवाललाई प्रहरीले हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाउने तयारी भैरहेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस