गृहपृष्ठ ∕ समाज ∕ जिल्ला बार इकाईको अध्यक्षमा थिङ जिल्ला बार इकाईको अध्यक्षमा थिङ Sindhu Khabar असोज २४, २०७७ गते १५:३९ मा प्रकाशित चौतारा । कानुन व्यवसायीहरुको संस्था नेपाल बार एसोसियशन जिल्ला बार इकाई सिन्धुपाल्चोकको अध्यक्षमा भुपेन्द्र थिङ अध्यक्षमा निर्वाचित भएका छन् । आज(शनिबार) भएको इकाईको ३० औ साधारणसभा तथा १६ औं अधिवेशसनले उनको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । इकाईको उपाध्यक्षमा हरि कार्की, सचिवमा शशिनाथ आचार्य, कोषाध्यक्षमा सुनिता तामाङ सर्वसम्मत भए । त्यस्तै सदस्यहरुमा दिपक प्रधान, मधुकर मल्ल, यज्ञप्रसाद दंगाल हरिप्रसाद सुवेदी र चन्द्रकुमार बस्नेत निर्वाचित भए । त्यस्तै झम्कलाल श्रेष्ठ पार्षद भए । यस पटकको अधिवेशन कोभिड १९ को महामारीका कारण संक्षिप्त रुपमा आयोजना गरिएको थियो । अधिवेशनको उद्घाटन संस्थापक अध्यक्ष रोहिणीराज जोशीले गरेका थिए । इकाईका ज्येष्ठ सदस्य मकरबहादुर उदासलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको अध्यक्ष थिङले जानकारी दिए । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे