Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाजमाञ्जे बलात्कार काण्डका दुई आरोपी पक्राउ, अझै दुई फरार

माञ्जे बलात्कार काण्डका दुई आरोपी पक्राउ, अझै दुई फरार


चौतारा ।
गएको असोज १५ गते सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित माञ्जेमा भएको बलात्कार काण्डका दुई आरोपी पक्राउ परेका छन् । माञ्जेमा अपहरणपछि बोलेरो गाडीभित्र भएको बलात्कार काण्डका चारमध्ये दुई आरोपी पक्राउ परेका हुन् ।

१५ गते राति जुगल गाउँपालिका ३ की ३२ वर्षिया एक महिला जलवीरबाट घर जाँदै गर्दा माञ्जेमा बलात्कृत भएकी थिइन् । उनकी दुई बच्चासमेत छन् । जिल्ला प्रह्री कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार आरोपी दुई जना अझै फरार छन् । दुई जनालाई प्रक्राउ गरिएको छ । ‘अहिले अनुसन्धान भइरहेको छ’ उनले सिन्धु खबरसँग भने, ‘घटनामा संलग्न हो या होइन एकिन भएको छैन ।’

चार जनाबाट गाडीभित्र बलात्कृत ती महिला आफन्तको आड पाएपछि मात्रै आफ्नो घटनाबारे प्रहरीमा जाहेरी दिएकी थिइन् । पीडित महिलाले गरेको पहिचानका आधारमा चार जनामध्ये अहिलेसम्म दुई जना मात्रै पक्राउ परेका छन् । ‘आरोपी दुई जनालाई म्याद थपेर नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र सोधपुछ गर्दैछौ,’ उनी भन्छन्, ‘घटनास्थल र बलात्कार भएको त्यो भेगमा अनुसन्धान तिव्र बनाइरहेका छौ ।’ प्रहरीले बलात्कारमा प्रयोग गरिएका बोलेरो र मोटरसाइकल नियन्त्रणमा लिएको छ । पीडित महिला सुरक्षित वातावरणमा महिला सेल्टरमा राखेर आवश्यक सुरक्षामा छिन् ।

परिवार नियोजन गर्नको लागि अझैसम्म सडक नजोडिएको जुगल ३ तेम्बाथान्बाट बलेफी गापाको जलविरे बजार झरेकी उनलाई मञ्जे वल्लो टोलदेखि आरोपीले पछ्याएका थिए ।
जलविरेबाट घर फर्कदाँ उनले कातिकेमा खाजा खाइन् । साँझ परिसकेकाले कातिकेमै बास पाइन्छ कि भनेर बुझ्दा त्यता उनले बास पाइनन् । कोरोना संक्रमणको त्रासका कारण भन्दै कातिकेमा बास नपाएपछि उनी मञ्जेमा बास बस्ने भन्दै त्यतै लागिन् ।

दुई सन्तानकी आमा समेत रहेकी ती महिला कुचुती भन्ने ठाउँमा पुगेपछि मोटरसाइकलमा आएका दुई जनाले उनलाई जबरजस्ती मोटरसाइकलमा राखे । त्यतिबेला साँझको साढे सात जति भएको थियो । पछाडिको मानिसले मुख थुनेको हुनाले उनी केही बोल्नै सकिनन् । एकैछिनमा उनी बेहोस भइन् । जब उनी होसमा आइन् रातको ११ जति बजेको थियो । र उनी एउटा बोलेरोभित्र नागैं पाइन् । उनका अगाडि आफनै गाउँका चिनेका दुई जना पुरुष थिए । उनी रोइन कराइन् । मध्यरात भएकाले कोहीले उनको चित्कार सुनेनन् ।

 

बलात्कारमा संलग्नहरुले मुख थुन्दै यो कुरा कही नभन्ने र भनेमा मारेर खोलामा हालिदिने धम्की दिए । उनी हतार हतार लुगा लगाएर घरतर्फ लागिन् । ती बलात्कारीहरुले नै उनले गाउँमा केही भन्लिन भन्दै ललाइ फकाइ गरेर केही माथिसम्म पुर्याएका समेत थिए । पीडित महिलाले चिनेका दुई पुरुष गोञ्जे गाउ“का र गोण्डेगाउ“का थिए । महिलालाई पूर्ण रुपमा नंग्याएर बोलेरोभित्र थुनेर मादक पदार्थ सेवन गरेका चार जनाले पालैपालो बलात्कार गरेको पीडितको भनाइ छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस