गृहपृष्ठ ∕ समाज ∕ लामोसाँघु समाजको पहलमा राहत लामोसाँघु समाजको पहलमा राहत सिन्धु खबर असोज २०, २०७७ गते १९:४२ मा प्रकाशित सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ७ नागपुजे र भीरर्खकका पहिरो पीडितहरुलाई राहत सहयोग गरिएको छ । अमेरिकाको क्यार्लिफोर्नियामा बस्दै आएका लामोसाँघुका राजेन्द्र कुमार श्रेष्ठले अमेरिकामा सहयोग जुटाएर राहत पठाएका हुन् । सो राहत लामोसाँघु समाज र निड द फिडको समन्वयमा पीडितलाई बितरण गरिएको छ । लामोसाँघु समाजका आबद्धहरु पहिरोपीडितसंग पुगेर ३९ घरधुरीलाई राहत बितरण गरेका छन् । पहिरोमा परिवारका सदस्य गुमाएका, घरबास गुमेका पहिरो पीडितलाई चिउरा, दालमोठ, चाउचाउ, चिनीचियापत्ती लगायतका खानेकुरा सहयोग गरिएको थियो । लामोसाँघु समाजका सनिल काफ्ले, ब्लुजम कार्की, राज श्रेष्ठ, प्रेम लामा, राजकुमार श्रेष्ठ, पुजन पाण्डे, सुरज शाक्य र निड द फिडमा आबद्धहरु पहिरोस्थल पुगेर राहत बितरण गरेका थिए । सो वडाका जनप्रतिनिधिको रोहवरमा राहत बितरण गरिएको थियो । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे