गृहपृष्ठ ∕ समाज ∕ जुगलको मञ्जेमा बोलेरो भित्रै दुई सन्तानकी आमामाथि सामुहिक बलात्कार, घटना मिलाउन १० लाखको `अफर` जुगलको मञ्जेमा बोलेरो भित्रै दुई सन्तानकी आमामाथि सामुहिक बलात्कार, घटना मिलाउन १० लाखको `अफर` सिन्धु खबर असोज २०, २०७७ गते १४:३८ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका तेम्बाथानकी ३२ वर्षीया महिला माथि सामुहिक बलात्कार भएको छ । असोज १५ गते राति चार जना पुरुषहरुले उनीमाथि सामुहिक बलात्कार गरेको हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले जुगलको मञ्जेमा १५ गते राति बोलेरोभित्रै चार जना पुरुषले महिलामाथि सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए । प्रहरीका अनुसार चारैजनाले अत्यधिक मादक पदार्थ सेवन गरेका थिए । पीडितका आफन्त स्थानीय तेन्जिङ शेर्पाका अनुसार जुगल तेम्बाथानबाट १५ गते ती महिला परिवार नियोजनको सुई लगाउन जलविरे आएकी थिइन् । जलविरेबाट घर फर्कदाँ उनले कातिकेमा खाजा खाइन् । साँझ परिसकेकाले कातिकेमै बास पाइन्छ कि भनेर बुझ्दा त्यता उनले बास पाइनन् । कोरोना संक्रमणको त्रासका कारण भन्दै कातिकेमा बास नपाएपछि उनी मञ्जेमा बास बस्ने भन्दै त्यतै लागिन् । दुई सन्तानकी आमा समेत रहेकी ती महिला कुचुती भन्ने ठाउँमा पुगेपछि मोटरसाइकलमा आएका दुई जनाले उनलाई जबरजस्ती मोटरसाइकलमा राखे । त्यतिबेला साँझको साढे सात जति भएको थियो । पछाडिको मानिसले मुख थुनेको हुनाले उनी केही बोल्नै सकिनन् । एकैछिनमा उनी बेहोस भइन् । जब उनी होसमा आइन् रातको ११ जति बजेको थियो । र उनी एउटा बोलेरोभित्र नागैं पाइन् । उनका अगाडि आफनै गाउँका चिनेका दुई जना पुरुष थिए । उनी रोइन कराइन् । मध्यरात भएकाले कोहीले उनको चित्कार सुनेनन् । बलात्कारमा संलग्नहरुले मुख थुन्दै यो कुरा कही नभन्ने र भनेमा मारेर खोलामा हालिदिने धम्की दिए । उनी हतार हतार लुगा लगाएर घरतर्फ लागिन् । ती बलात्कारीहरुले नै उनले गाउँमा केही भन्लिन भन्दै ललाइ फकाइ गरेर केही माथिसम्म पुर्याएका समेत थिए । उनले चिनेका दुई पुरुष गोञ्जे गाउँका र गोन्डेगाउँका थिए । पीडित महिलाको आफन्तका अनुसार बलात्कारमा संलग्न दुईमध्ये एक दिलीप सापकोटा केही महिना अघि मात्रै दुबइबाट गाउँ आएका थिए भने अर्का कैलाश नेपाली गाउँमै बस्थे । घटनामा संलग्न ४ जनामध्ये दुई जनाको पहिचान खुलेको डीएसपी सापकोटाले जानकारी दिए । घटनामा संलग्न चारैजना फरार छन् । प्रहरीका अनुसार उनीहरुको खोजी कार्य भइरहेको छ । मानसिक रुपमा निकै विक्षिप्त भएको डीएसपी सापकोटाले बताए । अहिले उनी प्रहरीको संरक्षणमा छिन् । पीडित महिलाको एक छोरा र एक छोरी छन् । पीडितका आफन्तका अनुसार बलात्कार आरोपी सापकोटाका बुबाले १० लाखमा घटना मिलाउने भन्दै पीडितका श्रीमानलाई दबाब दिएको खुल्न आएको छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे