Techie IT
Wednesday, December 2,2020 / बुधबार, मंसीर १७, २०७७
×
गृहपृष्ठसमाजभक्तपुरमा बसभित्र किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सिन्धुका निरकुमार र सूर्य पक्राउ

भक्तपुरमा बसभित्र किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सिन्धुका निरकुमार र सूर्य पक्राउ


चौतारा । भक्तपुरमा एक किशोरीमाथि बसभित्रै सामूहिक बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोकका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० का २२ वर्षीय निरकुमार खड्का र सहचालक जुगल गाउँपालिका–४ पाङताङका २१ का सूर्य श्रेष्ठ छन् ।

उनीहरुले शुक्रबार बिहान काठमाडौं रत्नपार्कमा लठ्याउने औषधि खुवाई एक किशोरीलाई बस चढाएर भक्तपुर ल्याएको र शनिबारसम्म बसभित्र सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनीहरुले सूर्यविनायक र चाँगुनारायण नगरपालिका–८ लिवालीस्थित तवियाखुशी खोलाको किनारमा बसभित्र किशोरीलाई करणी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी केशवकुमार थेवेले बताए ।

उनका अनुसार तवियाखुसी खोला किनारको पार्किङ गरी राखेको बा ३ ख २६१२ नम्बरको बसको मात्रै नम्बर खुलेको छ । पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला अदालत भक्तपुरमा पेस गरी जबरजस्ती करणीसम्बन्धी कसुरमा ७ दिन म्याद थप गरेको उनले बताए । सामूहिक बलात्कार आरोपी एक जना फरार छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस