Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाजशिलान्यास भएको साढेचार वर्षसम्म भूकम्पस्मृति पार्क बनेन, करोड खर्चेको निर्माण स्थल झार उम्रेर बस्यो

शिलान्यास भएको साढेचार वर्षसम्म भूकम्पस्मृति पार्क बनेन, करोड खर्चेको निर्माण स्थल झार उम्रेर बस्यो


चौतारा । भूकम्पका कारण १४ जिल्ला मध्ये सवैभन्दा धेरै जनधनको क्षति भएको सिन्धुपाल्चोकमा प्रस्ताव गरिएको भूकम्प स्मृतिपार्क सिलान्यास गरेको चार वर्ष बित्दा पनि निर्माण पूरा हुन सकेको छैन । एक करोड खर्चेर लगाएको तारबार निर्माण स्थलमा उम्रेको झार र बोटबिरुवा छेक्न लगाएको जस्तो भन्दै जिल्लामा आलोचना हुन थालेको छ ।

जुन स्थालमा सिलान्यास गरियो त्यसलाई तारबारले छेकेको पनि छैन । सामुदायिक वनको जग्गा अधिग्रहण गरेर स्वामित्व प्राप्त गर्न नसक्दा पार्कको निर्माण रोकिएको हो । निर्माण अघि बढ्न नसकेपछि बिहीबार स्मृतिपार्क समन्वय तथा सहजीकरण समितिको नेतृत्व परिवर्तन गरिएको छ । सदरमुकाम नजिकैको पात्लेपानीको जंगलमा प्रस्ताव गरिएको उद्यानको २०७३ साल बैशाखमा तत्कालिन वनमन्त्री अग्नीप्रसाद सापकोटा र सांसद शेरबहादुर तामाङले संयुक्त रुपमा सिलान्यास गरेका थिए ।

निर्माणका लागि सांसद तामाङको संयोजकत्वमा भूकम्प स्मारक पार्क समन्वय तथा सहजीकरण समिति गठन गरेर प्रक्रिया अघि बढाइएको थियो । बिहीबारको बैठकले पूर्वसांसद सुभाष कर्मचार्यलाई संयोजक तोकिएको छ । भगवती सामुदायिक वन अन्तर्गतको करिव साँढे चार हेक्टर जमिनमा निर्माण गर्न लागेको पार्ककालागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्तृत परियोजना रिपोर्ट(डिपिआर) तयार गरी बर्सेनि बजेट विनियोजन गरेपनि काम हुन सकेको छैन ।

निर्माणको जिम्मेवारी पाएको प्राधिकरणको म्याद नै समाप्त हुन लाग्दापनि पार्क बन्न नसकेपछि अन्यौल सिर्जना भएको छ । स्मारकमा भूकम्पमा परेर निधन भएको सवै जनाको नामावली राख्ने योजना रहेको छ । प्रहरीका अनुसार भूकम्पबाट जिल्लाभर तीनहजार पाँच सय ६२ जनाको निधन भएको थियो । करिव ५० करोड लागत अनुमान गरिएको उक्त पार्ककालागि चालू वर्षमा दुई करोड विनियोजन गरिएको छ ।

यस अघि पनि एउटै आर्थिक वर्षमा १० करोडसम्म बजेट बिनियोजन गरेपनि खर्च गर्न नसक्दा‘फ्रिज’हुने गरेको थियो । जग्गा प्राप्तिको प्रक्रिया पूरा नभएपनि निर्माण स्थललाई एक करोड खर्चेर तारबार लगाएर राखिएको छ । पार्क निर्माणलाई तिब्रता दिने उद्देश्यले समितिको संयोजक पूर्वसांसद कर्मचार्यलाई बनाइएको हो ।

सभामुख अग्नीप्रसाद सापकोटाको उपस्थितिमा भएको बैठकमा पुनर्निर्माण प्राधिकरणका सन्तोषकुमार निरौलाले पार्कको निर्माण अघि बढ्न नसकेको जानकारी गराएका थिए । उनले प्राधिकरणले हालसम्म गरेका गतिविधिका बारेमा विवरण प्रस्तुत गरेका थिए । संयोजक कर्मचार्यले यतिबेला बनिसक्नुपर्ने पार्क जग्गा प्राप्तिमा रोकिएको बताए ।

उनले आफूले पार्क निर्माणका लागि पहिलो प्राथमिकता दिएर काम गर्ने बताए । फष्ट–ट्रयाकबाट जग्गा प्राप्त गर्ने कोसिस गरिने जानकारी दिँदै कर्मचार्यले भने,‘मैले जिम्मेवारी पाएपछि वन लगायतका कर्मचाीरहरुसँग एक चरणको छलफल भइसकेको छ ।’जग्गाप्राप्त गर्न मन्त्रीपरिषद्मा प्रस्ताव लैजानुपर्छ । मन्त्रीपरिषद्ले स्विकृती नदिई प्राप्तगर्न सकिँदैन । तर प्राथमिकता प्राप्त आयोजना भित्र पारेर प्राधिकरणले नै पहल गर्दा जग्गा प्राप्ति छिटो गर्न सकिने कर्मचार्यले बताए ।

त्यसो गरिएन भने जग्गा प्राप्तिकालागि मात्र ५–६ महिना जाने अनुमान उनको छ । प्राधिकरणको म्यादै सकिन लागेको अवस्थामा आफूलाई नेतृत्व गर्न सवैले आग्रह गरेको प्रसंग जोड्दै उनले काम चुनौतपूर्ण रहेको बताए । समितिका सचिव तथा इकाई प्रमुख निरौलाले वन लगायतका कार्यालयसँग भइरहेको छलफल सकरात्मक रहेकाले अव काम शुरु गर्ने दिन नजिक रहेको बताए । ‘हामीले जग्गा प्राप्तिकालागि धेरै काम अघि बढाएका छौं,’ उनले भने ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस