Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाजगृहमन्त्रीले भने, ‘सिन्धुपाल्चोकलाई विशेष प्राथमिकता’

गृहमन्त्रीले भने, ‘सिन्धुपाल्चोकलाई विशेष प्राथमिकता’


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाढीपहिरोबाट अतिप्रवभावित सिन्धुपाल्चोकलाई सरकारले विशेष प्राथमिकता दिने बताए । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले हस्तान्तरण गरेको जोखिम बस्ती स्थानान्तरण सम्बन्धि प्रारम्भिक प्रतिवेदन बुझ्दै मन्त्री थापाले जाडो महिनामा प्रभावितकालागि आवासको समस्या हुन नदिने बताए ।

यो वर्षको वर्षा शुरु भएयता बाढीपहिरोबाट सवैभन्दा बढी क्षति भएको जिल्लाका पीडितहरुको बस्ती स्थानान्तरण र सुरक्षित बसोबास सम्बन्धमा सरकारले प्राथमिकता दिने उनले बताए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा रहेको जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला समन्वय समितिको संयुक्त प्रयासमा गठन गरिएको कार्यदलले तयार गरेको प्रतिवेदनमा सरकारले बस्ती स्थानान्तरण्का लागि छिट्टै कार्यक्रम बनाउनुपर्ने विषय उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदन समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले गृहमन्त्रालयमा आयोजित भेटघाट कार्यक्रममा मन्त्री थापलाई हस्तान्तरण गरे । पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, समन्वय समितिकी उप्रमुख बालकुमारी सापकोटा, नेकपा केन्द्रीय सदस्य माधव सापकोटालगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा मन्त्री थापाले जाडोको मौसम आउन लागेकोमा प्रभावितहरुको जीवन सुरक्षामा ख्याल गर्नुपर्ने बताए ।

उनले सिन्धुपाल्चोक र बागलुङलाई बाढी पपहिरो संकटग्रस्त जिल्ला घोषणा गरेकाले सरकारले खर्च गर्न लागेको ६ अर्ब रुपैंयाँ यिनै दुई जिल्लामा बढी केन्द्रीत हुने बताए । भेटघाटका सहभागीले जुरेपहिरो पीडितको नाममा संकलित राहत रकम उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे जवाफमा मन्त्री थापाले आफू त्यस विषयमा जानकार रहेको भन्दै्र उक्त रकम ‘रिलिज’ गरिने आश्वासन दिए । २०७२ सालमा जुरेमा गएको पहिरोपीडितको नाममा सर्वसाधारणले दिएको २ करोड २४ लाख राहत रकम सरकारी खातामा रहेको छ । उक्त रकम पीडितले पाउन मन्त्रीपरिषद्बाट पारित गर्नुपर्छ ।

 


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस