Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजपूर्वमन्त्री बस्नेतद्धारा नागपुजे पीडितलाई खाद्यान्न वितरण

पूर्वमन्त्री बस्नेतद्धारा नागपुजे पीडितलाई खाद्यान्न वितरण


बाह्रबिसे । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतको पहलमा लायन्स क्लब अफ काठमाडौ आधार ,हेड्स नेपालले खाद्यान्न वितरण गरेको छ । आज बस्नेतले ५ लाख ५० हजार बरावरको खाद्यान्न भिरखर्क नागपुजे पहिरो पीडित १ सय ९१ घर परिवारलाई प्रदान गरेका हुन् ।

पीडितलाई ३० केजीको १ बोरा चामल,१ लिटर तेल, २ केजी दाल, भुजा १ प्याकेट, नुन १ प्याकेट र म्याट लगायतको सामाग्री हस्तान्तरण गरेका छन् । बस्नेतले पहिरोमा बुबा गुमाएकी पहिरोपीडित अन्जु प्रधानलाई ११र १२ कक्षा सम्म पढ्नको लागी आवश्यक खर्चको व्यवस्था गर्ने भएका छन् ।

काग्रेस क्षेत्र नं १ का सभापति बालकृष्ण बस्नेतले पहिरोमा परेर अपांग भएका ६ जनालाई प्रति ब्यक्ति ५ हजारका दरले आर्थिक सहयोग गरेका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस