Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठसमाजवैदेशिक रोजगार मुद्दामा फरार तेज बहादुर पक्राउ

वैदेशिक रोजगार मुद्दामा फरार तेज बहादुर पक्राउ


चौतारा । बैदेशिक रोजगार मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतको फैसलाले एक लाख ४३ हजार ४५० जरिवाना असुल गर्न बाँकी रहेका चौतारा साँगाचोकगढी नगरपालिका २ का तेज बहादुर थापालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी प्रहरीले पसल फोडेर सामान चोरी गर्ने अर्का एकलाई पक्राउ गरेको छ । चौतारा बजारमा रहेको स्वस्तिका एण्ड पुर्णिमा कस्मेटिक एण्ड फेन्सी स्टोरको पछाडी पट्टीको झ्याल फोरी ३४ हजार बराबरको सामान चोर्ने सर्मिला नेपालीलाई पक्राउ गरेको हो । सामान चोरी भएको ८ घण्टा भित्र चौतारा साँगाचोकगढी नगरपालिका ६ बस्ने १९ वर्षीय नेपालीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!