Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठसमाजसिन्धुपाल्चोकको जोखिम बस्ती पहिचान र स्थानान्तरण सम्बन्धी सुझाव प्रतिवेदन आज गृहमन्त्रीलाई हस्तान्तरण गरिने

सिन्धुपाल्चोकको जोखिम बस्ती पहिचान र स्थानान्तरण सम्बन्धी सुझाव प्रतिवेदन आज गृहमन्त्रीलाई हस्तान्तरण गरिने


चौतारा । बाढीपहिरोबाट आक्रान्त सिन्धुपाल्चोकको जोखिम बस्तीको पहिचान, स्थानान्तर तथा आवास व्यवस्थापन सम्बन्धि प्रारम्भिक अध्ययन प्रतिवेदन आज गृहमन्त्री रामबहादुर थापालाई हस्तान्तरण गरिने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको विषय सरकारलाई जानकारी गराएर कार्यान्वयन गर्न दवाव सिर्जना गर्ने उद्देश्यले प्रतिवेदन हस्तान्तरण गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन र समन्वय समितिको संयक्त प्रयासमा गठन भएको कार्यदलले स्थानीय तहले दिएको सूचना र सुझावका आधारमा प्रारम्भिक प्रतिवेदन तयार गरिएको हो । प्रारम्भिक सूचनाका आधारमा प्रतिवेदनमा उल्लेख गरिएका अनुसार जिल्लाका तीन सय ५१ बस्ती जोखिममा छन् । ति मध्ये ६ हजार ५ सय ३१ घरधुरी स्थानान्तर गर्नुपर्ने देखिन्छ । प्रतिवेदनमा जोखिम मध्ये पनि कम्तिमा १८ बस्ती अति संवेदनशील रहेको उल्लेख छ ।

समन्वय प्रमुख तामाङका अनुसार कुनै पनि बेला दुर्घटना हुन सक्ने परिस्थितिलाई ख्याल गरेर त्यस्ता बस्ती तत्काल स्थानान्तरण गर्न सिफारिस गरेको छ । उक्त प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटालाई सदरमुकाम चौतारामा हिजो नै हस्तान्तरण गरिसकिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले हिजो सदरमुकाम चौतारमा प्रस्तुत गरेको विवरण अनुसार गत असार २२ गतेदेखि भदौं २२ गतेसम्म जिल्लामा बाढीपहिरोबाट ७७ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता छन् । बाढीपहिरोले असारयता सवै भन्दा बढी सिन्धुपाल्चोकमा मुलुककै सवैभन्दा बढी मानवीय क्षति भएको छ । भौतिक क्षति पनि त्यतिकै भएको छ । सोही क्षतिका आधारमा सिन्धुपाल्चोक र बागलङलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सुक्षित स्थान, आयआर्जन,जग्गा सट्टापट्टाको कानुनी व्यवस्था, साविक बस्तीको झल्को दिने संरचनाको निर्माण, र त्यस्ता स्थानमा पूर्वाधारको विकास तथा सामाजिक तथा धर्मिक सहिष्ण्ुाता कायम गर्दै बस्ती हस्तान्तरणको योजना निर्माण जस्ता विषयमा सरकारी प्रयासको खाँचो रहेको प्रतिवेदनमा उल्लेख छ । जिल्लालाई विपद व्यवस्थापन सम्बन्धी मोडल रुपमा विकास गर्नुपर्ने, बस्ती स्थानान्तर गर्दा वृहत छलफल गर्नुपर्ने, जोमिख बस्तीको सही पहिचान र किटानीका लागि उच्चस्तरीय प्राविधिक टोलीको व्यवस्थापन एवं पहिचान जस्ता विषयमा सरकारलाई सुझाव दिइएको प्रतिवेदन गृहमन्त्री थापालाई हस्तान्तरण गर्न लागिएको जानकारी समन्वय समितिले दिएको छ ।

जिल्लामा हिजो आयोजित छुट्टाछुट्टै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी उपरीक्षक राजन अधिकारी, जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गाप्रसाद चापागाईले सभामुख सापकोटलाई कोभिड–१९ को प्रभाव र व्यवस्थापन एवं बाढीपहिरोलगायत प्राकृतिक प्रकोपबाट भएको मानवीय तथा भौतिक क्षतिका सम्बन्धमा जानकारी गराएका थिए । उपरीक्षक राजन अधिकारीले सिन्धुपाल्चोकमा दुर्घटानको जोखिम र न्युनीकरण कार्यायोजना प्रस्तुत गरेका थिए । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार जिल्लमा भाूकम्पछि भएको पुननिर्माण तथा गौराती नजिकै पात्लेपानीमा निर्माणको चरणमा रहेको भूकम्प स्मारक पार्कको सम्बन्धमा जानकारी गराइएको थियो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस