Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठसमाजबहुविवाह गर्ने गिरी जेल परे

बहुविवाह गर्ने गिरी जेल परे


चौतारा । उच्च अदालत पाटनले बहुविवाह मुद्धामा सजायँ सुनाएका एक व्यक्तिलाई कारागार चलान गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.११ का हिरा बहादुर गिरीलाई ११ महिना २० दिन कैद भुक्तानका लागि कारागारको बन्दी गृहमा पठाइएको हो ।

उच्च अदालत पाटनको मिति २०७५।०२।०१ गतेको फैसलाले १ बर्ष कैद पाँच हजार जरिवाना तोकेको थियो । उनी फरार थिए । प्रहरीको सक्रियतामा प्रकाउ गरि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस