Techie IT
Sunday, November 1,2020 / शनिबार, कात्तिक १५, २०७७
×
गृहपृष्ठसमाज३४ वर्षअघिका फरार अभियुक्त पक्राउ

३४ वर्षअघिका फरार अभियुक्त पक्राउ


चौतारा ।

करिब ३४ वर्षअघि अपराध गरि फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । साविक ठुलोपाखर गा.वि.स.वडा न.३ हाल लिशंखुपाखर गा.वि.स.वडा न.७ वस्ने वर्ष ५७ का फुर्पा तामाङलाई घटना भएको ३४ वर्ष प्रक्राउ गरिएको हो ।
उनले २०४३ ।०६।२० लिसंखुपाखरकै जोगलाल तामाङको खुटुरी प्रहार गरि हत्या गरेका थिए । घरबाट दशैका लागि सामानहरु किन्न डाँडापाखर बजारमा आएको बखत जोगलाललाई बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरि कर्तव्य गरि मारि फुर्पा फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
कार्यालयका डिएसपी प्रकाश सापकोटाका अनुसार जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी लामोसाँघुबाट खटिएको प्रहरीको सयूक्त टोलीले प्रक्राउ गरेको हो । आवश्यक कारवाहीका लागि अदालत बुझाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस