गृहपृष्ठ ∕ समाज ∕ सिन्धु कांग्रेस को कार्यसम्पादन बैठक सम्पन्न : विपि अध्ययन केन्द्रलाई पनि थप सहयोग जुट्यो सिन्धु कांग्रेस को कार्यसम्पादन बैठक सम्पन्न : विपि अध्ययन केन्द्रलाई पनि थप सहयोग जुट्यो Sindhu Khabar असोज १०, २०७७ गते २१:१४ मा प्रकाशित चाैतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोक ले कार्यसम्पादन को बैठक सम्पन गरेको छ। आज राजधानी मा जिल्ला सभापति विकाश लामाको अध्यक्षतामा कार्यसम्पादन को बैठक सम्पन्न भएको हो। कार्यसम्पादनको बैठक मा आगमी १४ औ जिल्ला अधिवेशन, पार्टीमा प्रवेश गरेका नवप्रवेशि हरु को व्यबस्थापन ,कृयाशिल सदस्याता वितरण ,जिल्ला मा जहिले पनि विपत्ति को ओइरो लगातार भएको ले विपद व्यबस्थापन मा पार्टीको भुमिका बारे छलफल भएको सभापति लामा ले जानकारी दिए। जिल्ला सदरमुकाम चौतारामा निर्माणाधीन विपि अध्ययन केन्द्रको लागि पनि सहयोग प्राप्त भएको छ। समाजसेवी एवम् कांग्रेस नेता राजेन्द्र बहादुर गोर्खाली (राजु) ले सिन्धुपाल्चोक विपि अध्ययन केन्द्र भवनको निर्माण का लागि १० लाख सहयोग प्रदान गरेका छन। कार्यसम्पादन बैठकमा उपसभापति शिव सुनार, सचीव बिल बहादुर तामाङ ,क्षेत्रीय सभापति आइतमान तामाङ , महाधिवेशन प्रतिनिधि एवम् इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ प्रदेश सांसद निमा लामा लगायत का जिल्ला नेताहरु सहभागि भएका थिए। क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो