Techie IT
Tuesday, October 27,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठसमाजसिन्धुपाल्चोकभर रहेका घले समुदायको तथ्यांक संकलन गरिने

सिन्धुपाल्चोकभर रहेका घले समुदायको तथ्यांक संकलन गरिने


चौतारा ।
जिल्लाभर छरिएर रहेका घले समुदायको तथ्यांक संकलन गरिने भएको छ । लिःल फङ्ग घले समाजले जिल्लामा रहेका घलेहरुको लिंग, उमेरको तथ्यांक संकलन गर्न लागेको हो ।
समाजको बैठकले जिल्लामा रहेका घलेहरुलाई एकिकृत गर्ने निर्णय गरेको छ । यसका लागि समाजले एउटा उपसमिति गठन गर्नेछ । तथ्यांकमा महिला, पुरुष, बृद्धबृद्धा, बालबालिका, फरक क्षमता भएका व्यक्तिहरुको पहिचान गरि तथ्यांक संकलन गरिने समाजका अध्यक्ष रामबहादुर घलेले जानकारी दिए । तथ्यांकमा घले समुदाय कुन पेसा आवद्ध छन् भन्नेबारेसमेत समावेश गरिने अध्यक्ष घलेको भनाई छ ।
’घले समुदाय कहाँ र कसरी बासोबास गरिरहेकका छन् भन्नेबारे आधिकारित तथ्यांक छैन,“ उनले भने, ’घले समुदायलाई एकिकृत गरि आफ्नो भाषा संस्कृतिको जगेर्ना तथा संरक्षण गर्ने उद्धेश्यले तथ्यांक संक्लन गरिन लागिएको हो ।“ समाजले आफ्नो समुदायको भाषा संरक्षणका लागि स्थानीय तहसँग समन्वय गरि प्रशिक्षण दिनेसमेत निर्णय गरेको छ । यसका लागि भाषा संरक्षणका लागि प्रशिक्षण सञ्चालन गर्न स्थानीय तहसँग अनुरोध गरिने अध्यक्ष रामबहादुरले बताए ।
समाजको नयाँ कार्यसमितिको पहिलो बैठकले गाउँ गाउँमा इकाइ कमिटि गठन गर्ने र समाजको नयाँ भवन निर्माणकालागि पहल गरिने निर्णय गरेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस