Techie IT
Wednesday, October 28,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठसमाजमेलम्ची क्वारेन्टाइनभित्रै प्रहरीद्वारा कुटपिट

मेलम्ची क्वारेन्टाइनभित्रै प्रहरीद्वारा कुटपिट


मेलम्ची ।

मेलम्चीको क्षेत्रीय क्वारेन्टाइन भित्रै कुटपिट भएको छ । क्वारेन्टाइनमा बसेका एक व्यक्तिलाई बाहिरबाट चुरोट फालिदिएको भन्दै प्रहरीले  कुटपिट गरेको हो ।
मेलम्ची बजारमा रहेको मेलम्ची रिभर साइडमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा चुरोट पुर्याउन गएका स्थानीय गंगा कुमार श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले कुटपिट गरेका हुन् । गंगाकुमार मेलम्चीको नयाँ पुल छेउमा पसल सञ्चालन गरेर बस्ने गर्छन् । प्रहरीको कुटपिटबाट उनी घाइते भएका छन् ।
उनले क्वारेन्टाइनमा रहेका गिरानचौरका आफ्नो साथीलाई एक बट्टा चुरोट लगिदिन अनुनय विनय गरी पैसा छाडिदिएपछि साँझ ७ बजेतिर आफूले क्वारेन्टाइनको पछाडिबाट एक बट्टा चुरोट लगिदिएको श्रेष्ठले बताए । उनले चुरोट फालेको प्रहरीले देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लियो । उनलाई क्वारेन्टाइन भित्र लगि प्रहरीले पाइप नै पाइपले हिर्काएका थिए । उनीलाई हिर्काएपछि चुरोट माग्ने क्वारेन्टाइनमा रहेका युवालाई समेत प्रहरीले कुटपिट गरेको उनले बताएका छन् । म निस्के श्रेष्ठले भने, गिरानचौरका तामाङ थरका ती युवालाई प्रहरीले कुटेको स्थानीयले समेत देखेका रहेछन् ।ु श्रेष्ठले आफूले गलत काम गरेको भएतापनि प्रहरीले निर्घात कुटपिट गर्नुपर्ने कारण नभएको बताए ।

प्रहरीले भने यसका बारेमा आफूलाई थाहा नभएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन अधिकारीले आफूलाई यसबारे थाहा नभएको र बुझ्दै गरेको बताए । प्रमुख अधिकारीले भने, यदि प्रहरीले गल्ती नै गरेको रहेछ भने प्रक्रिया अनुसार कारवाही हुनेछ ।ु
यता मेलम्ची नगरपालिकाका उपपेयर भगवती नेपाल भने चुरोट पुर्याउन गएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको स्विकारेकी छिन् । उनले भनिन्, ुउहाँ निषेधित क्षेत्रमा राति महिलाहरु रहेको एरियामा जानुभएछ त्यसैले प्रहरीले नियन्त्रणमा लिएको हो । तर कुटपिटबारे मलाई केही थाहा छैन् ।ु क्वारेन्टाइनमा पछिल्लो समय फलफुल समेत लान बन्देज गरिएको उनले बताइन् । हुनेले ल्याउँ छन् उनले भनिन्, नहुनेले टुलुटुलु हेरेर मात्रै बसेको देखेपछि फलफुल लिएर भेट्न आउनै बन्द गरिदियौं ।ु क्षेत्रीय क्वारेन्टाइनमा बाहिरको सबै चीज निषेध गरिएको छ ।

उनले क्वारेन्टाइनमा रहेका गिरानचौरका आफ्नो साथीलाई एक बट्टा चुरोट लगिदिन अनुनय विनय गरी पैसा छाडिदिएपछि साँझ ७ बजेतिर आफूले क्वारेन्टाइनको पछाडिबाट एक बट्टा चुरोट लगिदिएको श्रेष्ठले बताए । उनले चुरोट फालेको प्रहरीले देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लियो । उनलाई क्वारेन्टाइन भित्र लगि प्रहरीले पाइप नै पाइपले हिर्काएका थिए । उनीलाई हिर्काएपछि चुरोट माग्ने क्वारेन्टाइनमा रहेका युवालाई समेत प्रहरीले निर्घात कुटपिट गरेको उनले बताएका छन् । म निस्के श्रेष्ठले भने, गिरानचौरका तामाङ थरका ती युवालाई रक्ताम्य हुने गरी प्रहरीले कुटेको स्थानीयले समेत देखेका रहेछन् ।’ श्रेष्ठले आफूले गलत काम गरेको भएतापनि प्रहरीले निर्घात कुटपिट गर्नुपर्ने कारण नभएको बताए ।
प्रहरीले भने यसका बारेमा आफूलाई थाहा नभएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन अधिकारीले आफूलाई यसबारे थाहा नभएको र बुझ्दै गरेको बताए । प्रमुख अधिकारीले भने, यदि प्रहरीले गल्ती नै गरेको रहेछ भने प्रक्रिया अनुसार कारवाही हुनेछ ।’
यता मेलम्ची नगरपालिकाका उपपेयर भगवती नेपाल भने चुरोट पुर्याउन गएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको स्विकारेकी छिन् । उनले भनिन्, ’उहाँ निषेधित क्षेत्रमा राति महिलाहरु रहेको एरियामा जानुभएछ त्यसैले प्रहरीले नियन्त्रणमा लिएको हो । तर कुटपिटबारे मलाई केही थाहा छैन् ।’ क्वारेन्टाइनमा पछिल्लो समय फलफुल समेत लान बन्देज गरिएको उनले बताइन् । हुनेले ल्याउँ छन् उनले भनिन्, नहुनेले टुलुटुलु हेरेर मात्रै बसेको देखेपछि फलफुल लिएर भेट्न आउनै बन्द गरिदियौं ।’ क्षेत्रीय क्वारेन्टाइनमा बाहिरको सबै चीज निषेध गरिएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस