Techie IT
Tuesday, March 9,2021 / सोमबार, फागुन २४, २०७७
×
गृहपृष्ठसमाजहेलम्बु बोल्देका पहिरो पीडितलाई खाद्यान्न सहयोग, बस्ती स्थानान्तरणका लागि प्रदेशले अध्ययन थाल्ने

हेलम्बु बोल्देका पहिरो पीडितलाई खाद्यान्न सहयोग, बस्ती स्थानान्तरणका लागि प्रदेशले अध्ययन थाल्ने


हेलम्बु । प्रदेश सभा सदस्य निमा लामाको पहलमा हेलम्बु बोल्देका विस्थापित परिवारलाई खाद्यान्न लगायत राहत सामग्री वितरण गरिएको छ । मंगलबार बोल्दे पुगेर लामाले पहिरोबाट विस्थापित भएका वडा नम्बर ५ का ६० परिवारलाई खाद्यान्न वितरण गरेका हुन् । पीडितलाई प्रति परिवार दुई बोरा चामल, दुइवटा कम्वल, नुन, तेल साबुन, माक्स, स्यानीटेरी प्याड वितरण गरिएको प्रदेश सभा सदस्य लामाले बताए । पीडितलाई राहतका लागि चाइल्ड इज नेपाल र समाजसेवी रेञ्जेन लामा र छिरिङ लामाले खाद्यान्नलगायत सामग्री उपलब्ध गराएका थिए ।

बाह्रबिसे, भोटेकोसी र जुगललगायत पहिरो पीडित भएका स्थानमा धेरै राहत सामग्री पुगेपनि हेलम्बुको बोल्देका पीडितसमक्ष राहत नपुगेकाले खाद्यान्नलगायत राहत सामग्री लिएर गएको लामाले बताए । बोल्दे गाउँनै पहिरोको जोखिममा रहेकाले स्थानीयहरु विस्थापित जीवन बिताउन बाध्य छन् । यो क्षेत्र प्रदेश सभा सदस्य लामाको निर्वाचन क्षेत्र पनि हो ।

राहत वितरणका लागि नेपाली कांग्रेस जिल्ला सभापति विकास लामा, क्षेत्रीय सभापति आइतमान तामाङ, क्षेत्रीय सचिव रमेश राज भण्डारी, पत्रकार सुदर्शन आचार्यलगायत नेताहरु समेत बोल्दे पुगेका थिए । राहत पाएपछि आफूलाई केही दिनको लागि खाद्यान्न समस्या नहुने भन्दै पहिरोबाट विस्थापितहरु खुशी भएका छन् ।

प्रदेश विपद व्यवस्थापन निर्देशक समितिले हेलम्बु, पाँचपोखरी र मेलम्ची नगरपानलिकाकालागि १५१५ लाख रकम छुट्याएको छ । बस्ती स्थानान्तरणका लागि केही दिनमै उद्योग, पर्यटन, वन, वातावरण समितिका अध्यक्ष रमा आलेसहितको टोली सिन्धुपाल्चोकको पहिरोबाट प्रभावित क्षेत्रमा अध्ययनका लागि पुग्दैछ ।

सो क्रममा बोल्देका विस्थापितलाई कसरी स्थानान्तरण गर्ने भन्ने विषयमा बोल्देको पनि स्थलगत अनुगमन गर्ने लामाले बताए । लामा सो समितिका सदस्य छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस