Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजकोभिड १९ अस्पताल सञ्चालन गर्न सिन्धुका ११ स्थानीय तहलाई बजेट

कोभिड १९ अस्पताल सञ्चालन गर्न सिन्धुका ११ स्थानीय तहलाई बजेट


चौतारा ।
स्थानीय तहमा रहने गरि कोभिड १९ अस्पताल सञ्चालन गर्न सिन्धुपाल्चोकका ११ स्थानीयलाई मन्त्रालयले बजेट बिनियोजन गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकालाई छाडेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रति स्थानीय तह १० लाखका दरले बजेट विनियोजन गरेको हो ।
अस्पताल सञ्चालनका लागि थप बजेट आवश्यक परेको अवस्थामा स्थानीय तहले थप्नुपर्ने मन्त्रालयले जनाएको छ । अस्पताल व्यवस्थापन, स्वास्थ्यकर्मी, कर्मचारी, औषधिलगायत सबै खर्च मन्त्रालयबाट पठाएकै बजेटबाट खर्चिनुपर्ने छ ।
चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी आवश्यक परे स्थानीय तहबाटै मिलाइनुपर्ने र उपलब्ध नभए करारमा राख्न सकिने व्यवस्था छ । यदि आवश्यक नपरे मन्त्रालयबाट उक्त शिर्षकमा विनियोजित रकमबाट आवश्यक औजार खरिद गर्न सकिनेछ । त्यसका लागि गाउँ या नगरकार्यपालिकाले निर्णय गर्नेछ ।
हाललाई कम्तीमा ५ वेड क्षमताको अस्पताल हुनुपर्ने छ । चौतारा साँगाचोकगढी नगरपालिकामा प्रदेश सरकार मातहतको अस्पताल भएकाले थप अस्पताल आवश्यक नहुँदा यो स्थानीय तहलाई मन्त्रालयले बजेट नपठाएको हो ।


क्याटेगोरी : समाज, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस