Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठसमाजसिन्धुपाल्चोकलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको तयारी

सिन्धुपाल्चोकलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको तयारी


चौतारा । सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ । स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद बैठकले लगातारको पहिरोबाट ठूलो धनजनको क्षति बेहोरेको सिन्धुपाल्चोकलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

सिन्धुपाल्चोकमा असार २४ देखि हालसम्म गएको पहिरोमा परी ७० जनाले ज्यान गुमाएका छन् भने ३८ जना अझै वेपत्ता छन् । बाढी र पहिरोका कारण १ सय ६ घर पूर्णरुपमा क्षति भएका छन् ।

५३ घर बस्न नमिल्ने गरि जोखिममा रहेका छन् । पहिरोमा परी २ वटा पक्कीपूल पूर्ण रुपमा क्षति भएको छ भने एउटा विद्यालय आंशिक रुपमा क्षति भएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस