Techie IT
Sunday, November 1,2020 / शनिबार, कात्तिक १५, २०७७
×
गृहपृष्ठसमाजलायन्स क्लबले बाँड्यो नागपुजे पीडितलाई राहत

लायन्स क्लबले बाँड्यो नागपुजे पीडितलाई राहत


बाह्रबिसे । सिन्धुपाल्चोक बह्रबिसे नगरपालिका वडा नं ७ नागपुजेका पहिरो पीडितलाई लायन्स क्लब इन्टरनेशनले खाद्यान्नलगायत राहत वितरण गरेको छ ।

पीडित १ सय ८६ परिवारलाई लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसन इमरजेन्सि ग्यान्ट्र अन्तर्गत प्राप्त अमेरिकी १० हजार डलर बराबरको खाद्यान्न, भांडाकुंडा, ओढ्नेओछ्याउने तथा लुगाफाटा, टर्च लाईट, त्रिपाल, भिटामिन सि सहितको सामग्री वितरण गरिएको चियरपर्सन लयन बिष्णु खड्काले जानकारी दिए ।

लायन्स क्लब इन्टरनेशनका लायन टङक बहादुर श्रेष्ठ, जिएटि लिडर, जिएसटि लिडर, पिडिजि लिडर साथै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, उपमेयर सुशिला पाख्रिनलगायत राहत वितरणमा पुगेका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #side


तपाईको प्रतिक्रिया दिनुहोस