Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजप्रहरीले गर्‍यो गौरती मन्दिरको सरसफाइ

प्रहरीले गर्‍यो गौरती मन्दिरको सरसफाइ


चौतारा । प्रहरीलगायत स्थानीयको सक्रियतामा गौरती भिमेश्वर मन्दिर सरसफाइ गरिएको छ । आज जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सामुदायिक विकास सेवा केन्द्र तथा जिल्ला जनस्वास्थ्य कार्यालय चौताराको सहकार्यमा गौरती भिमेश्वर मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

आज नै गौरतीका स्थानीयलाई कोभिड-१९ रोगको रोकथाम तथा न्यूनिकरणका लागी अपनाउनुपर्ने सुरक्षात्मक उपाय सम्बन्धी प्रशिक्षण गरिएको डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

सरसफाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक राजन अधिकारी, स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाई, वडा अध्यक्ष तोक बहादुर तामाङ, भिमेश्वर युवा क्लवका सदस्य तथा स्थानीयहरुको सहभागिता थियो ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस