Techie IT
Sunday, November 1,2020 / शनिबार, कात्तिक १५, २०७७
×
गृहपृष्ठसमाजगायक राजू लामाले बाँडे नागपुजेका पहिरो पीडितलाई खाद्यान्न सामग्री

गायक राजू लामाले बाँडे नागपुजेका पहिरो पीडितलाई खाद्यान्न सामग्री


बाह्रबिसे । भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगपालिका ७ नागपुजे पहिरोपीडितहरुलाई राजू लामा फाउण्डेशनले खाद्यान्न राहत वितरण गरेको छ । भोटेकोसीका अध्यक्ष राज कुमार पौडेलले समन्वयमा राजू लामा सहितको टोलीले आज पीडित रहेको स्थानमै पुगेर राहत वितरण गरेको हो ।

भोटेकोसी गाउँपालिकाका १ सय २१ र नागपुजेका ७९ पीडित परिवारलाई दाल, चामल, नून, तेल, मस्यौरा, टुथब्रसलगायत खाद्य सामग्री वितरण गरेको भोटेकोसी गाउँपालिका अध्यक्ष  पौडेलले जानकारी थिए ।

राजू फाउण्डेशन गायक राजू लामाको फाउण्डेशन हो । गायक लामा सिन्धुपाल्चोक साविकको बरुवा गाविस सुनचौरका स्थानीय हुन् । उनी लोक पपका चर्चित गायक हुन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस