शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजजोखिममा रहेका बस्ती पुनःनिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गर्ने

जोखिममा रहेका बस्ती पुनःनिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गर्ने


काठमाडौं । बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःनिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी(पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको पुनःस्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो ।

सिन्धुपाल्चोक, कालीकोट, बागलुङलगायतका जिल्लामा बाढी(पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्ने विषयमा बिहीबार छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

भूकम्पपछिको पुनःनिर्माणको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने, दिगो कसरी बनाउने भन्ने विषयमा छलफल भएको उनले बताए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!