गृहपृष्ठ ∕ समाज ∕ धुस्कुनका भूकम्पपीडित गैरलाभग्राहीको पूनरावेदन वडा आफैले एकमुष्ट गर्ने धुस्कुनका भूकम्पपीडित गैरलाभग्राहीको पूनरावेदन वडा आफैले एकमुष्ट गर्ने सिन्धु खबर असोज १, २०७७ गते १७:०५ मा प्रकाशित चौतारा । २०७२ मा गएको भुकम्पबाट पीडित भएका तर भूकम्प पीडित लाभग्राही सुचीमा नपरेका गैर लाभग्राहीहरु जिल्लाभरबाट पूनरावेदनका लागि चौतारामा रहेको पूर्ननिर्माण प्राधिकरण जिल्ला कार्ययोजना इकाईको कार्यालयमा लाम बस्दा धुस्कुन वडा नम्बर ३ का भूकम्पपीडित गैरलाभग्राही भने आनन्दले बसिरहेका छन् । वडाले नै भूकम्पपीडित गैर लाभग्राहीको पूनरावेदन गर्न उजूरी लेख्ने देखि प्रमाण संकलन गर्ने, गाउँपालिकामा सिफारिश गर्ने र जिल्ला कार्ययोजना इकाइको कार्यालयमा वडाध्यक्ष आफै गएर उजूरी दर्ता गर्ने भएपछि भूकम्पपीडित आनन्दले बसेका हुन् । त्रिपुरासुन्दरी वडा नम्बर २ ले भूकम्पपीडित गैर लाभग्राहीका उजूरी वडाका कर्मचारीले लेख्ने गाउँपालिकामा प्रमाणीकरणका लागि वडाका कर्मचारी जाने र चौतारामा वडाध्यक्षले नै पूनरावेदनको उजूरी लगेर दर्ता गर्ने भएपछि वडाका गैरलाभग्राही खुशी भएको वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिए । उनले अन्य १ सय २ वडाका वडाध्यक्षलाई पनि यही गर्न सुझाएका छन् । `पटक पटक गैरलाभग्राहीहरुले गुनासो भर्दा समेत सम्बोधन नभएकाले अब हुनेमा उनले शंका व्यक्त गरे ।` त्यतिकै किन सर्वसाधारणलाई दुख दिनु उनले भने, वडाले गर्न सक्ने काम हामी आफै गर्नेछौं । वडामा २ सय जना भूकम्पपीडित गैर लाभग्राही छन् । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे