Techie IT
Wednesday, January 27,2021 / बुधबार, माघ १४, २०७७
×
गृहपृष्ठसमाजजनताको गुनासो सुन्न प्रहरीले राख्यो सुझाव संकलन पेटिका

जनताको गुनासो सुन्न प्रहरीले राख्यो सुझाव संकलन पेटिका


चौतारा । अब तपाइसँग प्रहरी सम्त्रन्धि केही गुनासो तथा सुझाव छ ? तपाइ प्रहरी कार्यालय आफै पुग्न पर्दैन । स्थानीय तहका कार्यालयमा पुगेर पनि तपाइले प्रहरी कर्मचारीका बारेमा गुनासा तथा सुझाव दिन सक्नुहुनेछ । जिल्ला प्रहरी कार्यालयले नागरिकका गुनासो र सुझाव संकलनका लागि जिल्लाका स्थानीय तहमा उजुरी पेटिका राखेको छ ।

प्रहरी जनताप्रति उतरदायी हुन् भन्ने हिसाबले जिल्लाका तीन नगरपालिकामा प्रहरीले सुझाव संकलन पेटिका राखेको हो । प्रहरीले चौतार साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका र बाह्रबिसे नगरपालिकामा गुनासो तथा सुझाव पेटिका राखेको प्रहरीले जनाएको छ । आज एक कार्यक्रमकाबीच नगरपालिकाहरुको कार्यालयमा प्रहरीले “प्रहरी कर्मचारीहरुको कार्यसम्पादन सम्बन्धी गुनासो एवंं सुझाव संकलन पेटीका” को उड्घाटन गरेको छ ।

प्रहरीले स्थानीयको बढी आवतजावत हुने स्थानहरु छनौट गरी सुझाव पेटिका राखेको जनाएको छ । चौतारामा मेयर आमानसिंह तामाङ, मेलम्चीमा मेयर डम्बर बहादुर अर्याल र बाह्रबिसेमा मेयर निमफुञ्जो शेर्पाले सुझाव संकलन पेटिका को उद्घाटन गरेका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार