गृहपृष्ठ ∕ समाज ∕ मालपोत कार्यालय आजबाट खुल्ने, बार अनुसार स्थानीय तहका नागरिकलाई सेवा दिने मालपोत कार्यालय आजबाट खुल्ने, बार अनुसार स्थानीय तहका नागरिकलाई सेवा दिने सिन्धु खबर असोज १, २०७७ गते ८:०३ मा प्रकाशित चौतारा । कोरोना भाइरस (कोभिड १९) का कारण लामो समय बन्द रहेको मालपोत कार्यालय सिन्धुपाल्चोकको सेवा प्रवाह आजबाट पून सुचारु गरिने भएको छ । कोरोना त्रासका कारण बन्द रहेको सेवा आजबाट सुचारु हुने मालपोत कार्यालयले एक सूचना जारी गर्दै जानकारी गराएको छ । भीडभाड कम गरी सामाजिक दुरी कायम गरी सेवा प्रवाह गर्ने मालपोत कार्यालयले जनाएको छ । आजबाट सेवा प्रवाह गर्दा मालपोतले स्थानीय तह अनुसार हप्तामा दुई दिन पालो अनुसार सेवा दिने जनाएको छ । हप्तामा आइतबार र सोमबार मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, इन्द्रावती र पाँचपोखरी थाङपालका नागरिकले सेवा लिन पाउनेछन् । त्यस्तै मंगलबार र बुधबार बाह्रबिसे नगरपालिका, भोटेकोसी, लिशंखुपाखर र त्रिपुरासुन्दी गाउँपालिकाका स्थानीयलाई सेवा दिने मालपोतको सूचनामा उल्लेख छ । त्यस्तै बिहीबार र शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका, जुगल, बलेफि र सुनकोसी गाउँपालिकाका स्थानीयले सेवा पाउनेछन् । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह पत्रकार महासंघको ‘१३ बुँदे हेलम्बु घोषणापत्र’ जारी, यस्ता छन् निर्णय धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६फेरि बन्द हुने भयाे ताताेपानी नाका ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा