Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठसमाजयी हुन् अवैध बालुवा उत्खननमा संलग्नहरु

यी हुन् अवैध बालुवा उत्खननमा संलग्नहरु


चौतारा । मिडियाले जिल्लामा बालुवा तस्कर भयो भनि निरन्तर समाचार सम्प्रेषण गरेपछि जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाको नेतृत्वको अनुगमन समितिले बालुवा तस्करमा संलग्नहरुको नाम तथा सप्लायर्सको नाम समेत सार्वजनिक गरेको छ । तीन महिना नदीजन्य पदार्थ उत्खननमा रोक लगाएपनि जिल्लामा बालुवा तस्कर मौलाएपछि जिससले नदी आसपास अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा ठूलो परिणाममा बालुवा नियन्त्रणमा लिएको जनाएपनि त्यो बालुवा तस्करमा संलग्नबारे केही बताइएको थिएन् । जिससले अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै बालुवा तस्करमा संलग्नहरुको नामावली समेत सार्वजनिक गरेको हो ।

समितिको प्रतिवेदन अनुसार चौतारा साँगाचोकगढी नगरपालिका (११ चेहेरे (सुन्दर सप्लायर्स) ४ सय ५० घनमिटर, सोहि स्थानमा (चन्द्रबहादुर माझि) ३ सय ८० घनमिटर , बलेफि (७ लाम्पाटा बगर (सिर्जन कार्की) १ हजार ७ सय घनमिटर, कोठे र सिस्नेमा (सुरज श्रेष्ठ) ११ सय ७० घनमिटर, सोहि ठाउँमा (मनोज श्रेष्ठ) १सय ७० घनमिटर रहेका छन्।

बलेफि अँधेरिमा (संलग्न व्यक्तिको नाम नखुलेको) ३५ घनमिटर, (ठुलिमाया तामाङ) १ सय ३२ घनमिटर, सुनकोसी गाउँपालिकामा (बुद्धिमाया तामाङलगायत ९ जनाको समुह) १ सय १२ घनमिटर, बलेफि आपबोटे (बिकाश श्रेष्ठलगायतको समूह) १५ हजार घनमिटर, बलेफि ५ मा (बिष्णु श्रेष्ठ) १० हजार घनमिटर रहेका छन्।

त्यस्तै, हेलम्बु गाउँपालिका २ मा (गुणराज बरुवा) १२ सय घनमिटर, इन्द्रावती ५ माझी बस्ति (संलग्न व्यक्तिको नाम नखुलेको) ३ सय ५० घनमिटर, मेलम्ची १३ मा (नाम नखुलेको) ७० घनमिटर सिल गरिएकोमा पछि खोलाले बगाएको, चौतारा साँगाचोकगढी नगरपालिका ११ (शंकर माझि) ५ हजार घनमिटर बालुवा जफत गरेको हो।

सिल गरिएको बालुवा स्थानीय प्रहरी चौकीको निगरानिमा रहेको संयोजक सापकोटाले बताइन् । अबैध नदी उत्खनन् कार्यमा संलग्नहरुलाइ कारवाही गर्ने अधिकार स्थानीय सरकारलाई भएकाले सोहि अनुसार पत्राचार गरिएको उनले बताइन् । स्थानीय तहहरुले पनि कारवाही प्रक्रिया अगाडि बढेको बताएका छन् । जिल्लाको विभिन्न ठाउँमा गरि अनुगमन समितिले ३५ हजार घनमिटर बालुवा जफत गरेको थियो । यो पनि पढ्नुस

बालुवा अनुगमन टोली बाह्रविसेमाथि पुगेन, ३५ हजार घनमिटर जफत


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस