Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाजभोलिबाट सिन्धुपाल्चोक पूर्ण रुपमा खुल्ने, शैक्षिक संस्था भने अझै बन्द नै रहने

भोलिबाट सिन्धुपाल्चोक पूर्ण रुपमा खुल्ने, शैक्षिक संस्था भने अझै बन्द नै रहने


चौतारा । कोरोना भाइरसको संक्रमण त्रासलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि जिल्लामा लगाइएको लकडाउन आज रातिबाट सकिदैंछ । भोलिबाट जिल्लामा लकडाउन पूर्ण रुपमा खुल्ने छ । आज बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले भोलिबाट जिल्लामा लकडाउन खुल्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको दर तीव्र भएतापनि मन्त्रिस्तरीय निर्णयबाटै भोलिबाट लकडाउन पुर्ण रुपमा खुल्ने र छोटा तथा लामा दुरीका गाडी सञ्चालन गर्ने निर्णय भएपछि जिल्लामा पनि सबै किसिमका पसल व्वयसाय पूर्ण रुपमा सञ्चालन गरिने भएको हो । लकडाउन खुलेपनि सर्वसाधारणले स्ुवास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने छ ।

जिल्ला प्रवेश गर्ने व्यक्तिहरुको सवालमा जिल्ला प्रवेश गर्दा पालिका तथा वडाको पत्र लिइ प्रहरीले सम्बन्धित वडाध्यक्षलाई बुझाउने र वडाध्यक्षले ती व्यक्तिहरुलाई क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्नेछ । सरकार तथा गैसरकारी कार्यालय, होटलहरु सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य सामग्री अपनाइ सामाजिक दुरी कायम गर्नुपर्नेछ । शिक्षण संस्था, गोष्ठी, सेमिनार, पार्टी, समूहमा खेलिने खेलकुद, पुस्तकालयलगायत भने अर्को आदेश सम्मका लागि बन्दै हुनेछन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस