आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजभूकम्पका कारण थप पहिरोको त्रासमा सिन्धुवासी

भूकम्पका कारण थप पहिरोको त्रासमा सिन्धुवासी


चौतारा ।

आज विहान सिन्ध्ुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाए आएको ६ म्याग्निच्युडको भूकम्पका कारण पहिरो जाने सन्त्रास बढेको छ । भूकम्पले जमिन हल्लाएपछि धाँजा फाटेर पहिरो जाने सन्त्रास स्थानीयमा बढेको हो ।

बुधबार बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुई पटक भूकम्प गएपछि त्यसले थप पहिरो जान सक्ने चिन्ता निम्त्याएको छ । सिन्धुपाल्चोक जिल्लाले पछिल्लो सात वर्षदेखि लगातार विपत्ति खेपिरहेको छ । यो बर्षमात्र बाढीपहिरोबाट ७४ले ज्यान गुमाए । पहिरो जानुका कारण भूकम्पले जमिन धाँजा फाटेको भूगर्भविदहरुले जनाएपछि आज विहान बाह्रविशे नगरपालिका–९ राम्चेलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पले सन्त्रास पैदा भएको स्थानीय बताउँछन् ।

इन्द्रावती, सुनकोशी र भोटेकोशी करिडोरवासीका लागि हरेक बर्खा दुख, पीडा र त्रासमा बित्ने गर्दछ । बाढी पहिरालेले बस्तीहरुलाई बर्सेनी बगरमा परिणत् मात्र गरेको छैन, कति बेला कुन बस्ती बगाउँछ भन्ने भरोसासमेत नभएको स्थानीय हेमबहादुर श्रेष्ठको भनाई छ ।
यो वर्ष मात्रै जम्बु, खागदल, लिदी, मेलम्ची, बरुवा र धुम्थाङमा विभिन्न समयमा आएको पहिरोमा ७४ जनाले ज्यान गुमाएका छन् भने ४१ जना अझै बेपत्ता रहेको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
भूकम्पले थिलथिलो बनाएको बस्ती बर्षायाम सुरु भएसँगै पहिरो जाने त्रासमा पीडितहरु दिन विताउन बाध्य छन् । यस्ता पीडादायी घटना वर्षौदेखि हुँदै आएपनि यसको रोकथाम र न्युनिकरणका लागि सरकारले गरेको कार्य उदासिन देखिन्छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!